बेलायती राजपरिवारमा नयाँ विवाद: ह्यारी र मेघनद्वारा लेखक बावरमाथि भ्रम फैलाएको आरोप
सारांश
- राजकुमार ह्यारी र मेघन मर्केलले नयाँ शाही जीवनीका लेखकमाथि गम्भीर आरोप लगाएका छन्, जसले पुस्तकलाई 'भ्रामक षड्यन्त्र' भनेका छन्।
- पुस्तकमा मेघनलाई राजपरिवारभित्र विभाजनकारी एजेन्टको रूपमा चित्रण गरिएको छ, र विलियम र क्याथरिनले उनलाई खतराको रूपमा हेरेका छन्।
- ह्यारी र मेघनले लेखकमाथि पूर्वाग्रह राखेको आरोप लगाएका छन् र पुस्तकले उनीहरूको बारेमा काल्पनिक सिद्धान्त बनाएको बताएका छन्।
लन्डन । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले एक नयाँ शाही जीवनीका लेखकमाथि गम्भीर आरोप लगाएका छन्। लेखक टम बावरको आगामी पुस्तक ‘बिट्रायल: पावर, डिसेइट एन्ड द फाइट फर द फ्युचर अफ द रोयल फ्यामिली’ मा गरिएका दाबीहरूलाई लिएर ड्युक र डचेस अफ ससिक्सले यसलाई ‘भ्रामक षड्यन्त्र र मेलोड्रामा’ को संज्ञा दिएका हुन्।
शुक्रबार द टाइम्समा प्रकाशित पुस्तकका अंशहरूका अनुसार, रानी क्यामिलाले मेघनले ह्यारीको ‘ब्रेनवास’ गरेको टिप्पणी साथीहरूसँग गरेकी थिइन्। बावरले आफ्नो पुस्तकमा मेघनलाई राजपरिवारभित्र विभाजनकारी एजेन्टको रूपमा चित्रण गरेका छन्। उनले राजकुमार विलियम र राजकुमारी क्याथरिनले मेघनलाई राजसंस्थाका लागि खतराको रूपमा हेर्ने गरेको समेत उल्लेख गरेका छन्।
ह्यारी र मेघनका प्रवक्ताले शनिबार एक विज्ञप्ति जारी गर्दै लेखक बावरले आलोचनाको सीमा नाघेर पूर्वाग्रह साँधेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘यी त्यस्ता व्यक्ति हुन् जसले सार्वजनिक रूपमै ससिक्स परिवारलाई राज्यबाटै मेटाउनुपर्ने अभिव्यक्ति दिएका छन्। उनी कहिल्यै नभेटेका मानिसहरूका बारेमा काल्पनिक सिद्धान्त बनाएर आफ्नो करियर चलाइरहेका छन्।’ ससिक्स जोडीले तथ्य खोज्नेहरूले अन्तै हेर्नुपर्ने र भ्रम खोज्नेहरूका लागि मात्र यो पुस्तक उपयोगी हुने टिप्पणी गरेका छन्।
पुस्तकमा सन् २०२० मा बेलायत छोडेर अमेरिका सरेपछि ह्यारी र मेघनले नेटफ्लिक्स र स्पोटिफाईसँग गरेका व्यावसायिक सम्झौताहरूको पनि आलोचना गरिएको छ। बावरले दाबी गरे अनुसार, विलियम र क्याथरिन मेघनको व्यवहारबाट आतंकित थिए। मेघनले ह्यारी कहिल्यै राजा हुन नसक्ने र आफू रानी बन्ने सम्भावना नरहेकोमा अफसोस प्रकट गर्ने गरेको पुस्तकमा लेखिएको छ।
यति मात्र होइन, ह्यारीलाई आफ्ना दाजु विलियम राजा बनेपछि ससिक्स परिवारको सबै पदवी खोस्ने र बेलायतबाट सधैँका लागि निकाला गर्ने डर रहेको समेत बावरले दाबी गरेका छन्। उनले ह्यारीले सञ्चालन गर्ने ‘इन्भिक्टस गेम्स’ लाई सञ्चारमाध्यमले मेघन गेम्सका रूपमा लिएको भन्दै व्यङ्ग्य समेत गरेका छन्।
टम बावरले यसअघि सन् २०२२ मा पनि यो जोडीका बारेमा रिभेन्ज नामक विवादित पुस्तक लेखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण