रास्वापा उम्मेदवार साहको उम्मेदवारी खारेजी विरुद्धको रिटमा सुनुवाइ हुँदै
सारांश
- निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि रास्वपाका किशाेरी साहले सर्वोच्चमा रिट दायर गरेका छन्।
- साहको रिटमाथि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ, जसमा उम्मेदवारी खारेजको कारण पेश गर्न आदेश दिइएको थियो।
- धनुषा क्षेत्र नम्बर १ मा साहको उम्मेदवारी कालोसूचीमा रहेको भन्दै आयोगले खारेज गरेको थियो र मातृका प्रसाद यादव विजयी भए।
काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशाेरी साहले दिएको रिट सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।
साहले दिएको रिटमाथि आइतबार न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो ।
साहको रिटमा यसअघि सर्वोच्च अदालततले उम्मेदवारी खारेज गर्नुको कारण पेस गर्न आदेश दिएको थियो । ठेक्कापट्टाबाट राजनीतिमा प्रवेश गरेका धनुषा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरीपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो ।
किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा कालोसूचीमा राखिएको कर्जा सूचनाको केन्द्र वेबसाइटमा उल्लेख छ । निर्वाचनको दुई दिनअघि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको हो ।
यहाँ नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन् । यो निर्वाचन क्षेत्रमा आयोगले नेकपाका मातृका यादवलाई विजयी घोषणा गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण