सेयर बजारमा सामान्य सुधार, १४ अर्ब माथिको कारोबार
सारांश
- आइतबार सेयर बजार परिसूचक नेप्से ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुग्यो, जुन अघिल्लो दिनको तुलनामा ०.१५ प्रतिशतको वृद्धि हो।
- आज ३५० कम्पनीका ३ करोड ९५ लाख ४९ हजार सेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भयो।
- सোলु हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत नाफा कमाए भने धर्मखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घट्यो।
काठमाडौँ । साताको कारोबारको एक दिन सेयर बजार परिसूचक (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ४.४५ अङ्कले बढेर २८२४.९० विन्दुमा पुगेर बन्द भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१५ प्रतिशतको वृद्धि हो ।
परिसूचकमा सामान्य वृद्धि देखिए पनि कारोबार रकम भने निकै उत्साहजनक रहेको छ । आज कुल ३५० कम्पनीका ३ करोड ९५ लाख ४९ हजार किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा सोलु हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत नाफा कमाएका छन् । त्यस्तै सालपा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशत र होटल फरेन्ट इनको मूल्य ९.९३ प्रतिशतले बढेर सकारात्मक सर्किट नजिक पुगेका छन् ।
ग्रीनलाइफ हाइड्रोपावर र अभियान लघुवित्तको सेयर मूल्यमा पनि उल्लेख्य सुधार देखिएको छ । आज सबैभन्दा धेरै गिरावट धर्मखोला हाइड्रोपावरको १० प्रतिशतले भएको छ ।
बजारमा आज अन्य समूहको सूचकमा २.८३ प्रतिशत सुधार हुनुबाहेक अन्य समूहको उतारचढाव खासै उल्लेख्य रहेन । होटल, इन्भेष्टमेन्ट, जीवन बीमा र म्युचुअल फण्ड समूह भने आज घटेका छन् ।
आज कुल १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा आज ग्रीनलाइफ हाइड्रोपावर अग्रस्थानमा रहेको छ । उक्त कम्पनीको ८१ करोड १२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको ६७ करोड ९६ लाख, नेशनल हाइड्रोपावरको ६२ करोड ५५ लाख र हिमाल दोलखा हाइड्रोपावरको ५५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण