शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

जबरजस्ती करणी मुद्दामा ८ महिना ३ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ

आइतबार, ०१ चैत २०८२, १८ : ५२
आइतबार, ०१ चैत २०८२

बुटवल । पाल्पा प्रहरीले जबरजस्ती करणी मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कुसम सिंह ठकुरीका अनुसार, पाल्पा जिल्ला अदालतको २०८१ मंसिर १७ गतेको फैसलाले ८ महिना ३ दिन कैद सजाय तोकेका तानसेन नगरपालिका–७ निवासी ६७ वर्षीय बुद्धिराज नेपालीलाई पक्राउ गरिएको हो । 

प्रहरीले खोजतलास गर्ने क्रममा नेपालीलाई आज दिउँसो तानसेन नगरपालिका–७ स्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो । पक्राउ परेका नेपालीलाई आवश्यक कारबाहीका लागि पाल्पा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप