ओसासुनामाथि रियल सोसिडाडको ३–१ को सहज जित
सोमबार, ०२ चैत २०८२, ०५ : १५
सारांश
- रियल सोसिडाडले ओसासुनामाथि ३-१ गोलको जित हासिल गर्यो, गोन्कालो गेडेसले २ गोल गरे।
- खेलमा मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत गोल गरे, भने ओसासुनाका भिक्टर मुनोजले एक गोल फर्काए।
- यस जितसँगै रियल सोसिडाडले महत्त्वपूर्ण ३ अंक जोड्यो।
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा रियल सोसिडाडले ओसासुनामाथि ३–१ गोल अन्तरको सहज जित हात पारेको छ ।
घरेलु मैदानमा भएको खेलमा रियल सोसिडाडलाई जिताउन गोन्कालो गेडेसले दुई गोल गरे । उनले खेलको २८ औँ र ५२ औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । त्यसअघि खेलको २४ औँ मिनेटमा मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत गोल गर्दै सोसिडाडलाई सुरुवाती अग्रता दिलाएका थिए ।
यता, पराजित टोली ओसासुनाका लागि भिक्टर मुनोजले खेलको ७७ औँ मिनेटमा एक गोल फर्काए पनि त्यो टोलीको हार टार्न पर्याप्त भएन ।
यो जितसँगै रियल सोसिडाडले महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण