पत्नीको सुराकी गरिरहेका पुरुष जब प्रहरीलाई लिएर होटलमा पुगे...
सारांश
- उत्तर प्रदेशको अलीगढमा एक पुरुषले पत्नी र प्रेमीलाई होटलमा फेला पारेका छन्।
- आकाश कुमार र उनकी पत्नीबीचको सम्बन्धमा फाटो आएपछि आकाशले सुराकी गरेका थिए।
- पत्नीले आकाशविरुद्ध उत्पीडनको उजुरी दिएकी थिइन्, र प्रहरीले दुवै पक्षको बयान लिएको छ।
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको अलीगढमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । एक पुरुषले आफ्नी पत्नीको सुराकी गर्दै होटलसम्म पुगेर पत्नी र उनका प्रेमीको भण्डाफोर गरिदिएका छन् ।
अलीगढको बुलन्दशहर, गुलावटी क्षेत्र निवासी आकाश कुमार र अलीगढकै चन्दनिया निवासी महिलाको करिब साढे तीन वर्ष अघि प्रेम विवाह भएको थियो । पछिल्लो समय यी दुई जोडीको सम्बन्धमा फाटो आएको थियो ।
आकाशलाई पत्नीमाथि शंका लागेपछि सुराकी गर्न थालेका थिए । सोही क्रममा एक दिन पत्नीको पिछा गरेका आकाशले एक युवकका साथ आफ्नी पत्नी एउटा होटलमा प्रवेश गरेको देखेका थिए ।
आकाशले तत्काल प्रहरीलाई खबर गर्दै मद्दत मागेका थिए । प्रहरीको टोली आइपुगेपछि होटल प्रशासनसँगको समन्वयमा कोठामा छापा मार्दा आकाशकी पत्नी एक जना पुरुषसँग फेला परेको बताइएको छ ।
आकाशकी पत्नी विवाहेत्तर सम्बन्धमा रहेको र प्रेमीसँग होटलमा गएको तथ्य प्रकाशमा आएको हो । विवाद यत्तिकैमा सीमित भएको छैन । आकाशकी पत्नीले त्यसअघि नै आकाशविरुद्ध उत्पीडनको उजुरी दिएकी थिइन् । दाइजोको निहुँमा आफूलाई यातना दिने गरेको भन्दै उनले पति आकाशविरुद्ध उजुरी दिएको बताइन्छ ।
आकाशले आफूमाथि लगाइएको आरोप निराधार भएको बताएका छन् । प्रहरीले दुवै पक्षको बयान लिइसकेको छ । आगामी कारबाहीका लागि लिखित उजुरी आवश्यक रहेको भन्दै प्रहरीले त्यसपछि मात्र के–कस्तो कारबाही हुने भन्ने तय गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण