सन्तोष चालिसे धरौटीमा रिहा
तीन करोड ६८ लाख गैरकानुनी आर्जन मुद्दामा चालिसेलाई ५ लाख धरौटी माग
सोमबार, ०२ चैत २०८२, १६ : ३१
१
काठमाडौं । विशेष अदालतले अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सो आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो । उनी गोकर्णेश्वर नगरपालिकामा पूर्वमेयरसमेत हुन् । सोमबार विशेष अदालतमा उपस्थित भएका चालिसेसँग अदालतले बयान लिएपछि थुनछेक आदेश दिएको हो ।
चालिसेले अदालतले तोकेको धरौटी रकम बुझाएपछि तारिखमा रिहा भई मुद्दाको थप प्रक्रिया बाहिरबाटै अघि बढाउन पाउनेछन् । गएको मंसिरमा अख्तियारले दायर गरेको मुद्दा पुर्पक्षका लागि चालिसे सोमबार अदालतमा उपस्थित भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण