पर्यटन प्रवर्द्धनका लागि १८५ किमी साइकल यात्रा
सारांश
- झापामा ५० युवाले स्वास्थ्य र साइकल पर्यटन प्रवर्द्धनका लागि १८५ किलोमिटर साइकल यात्रा पूरा गरे।
- यात्रा झापा साइकल क्लब र पर्यटन कार्यालयको सहकार्यमा सम्पन्न भयो, जसमा नेपाल र भारतका यात्री सहभागी थिए।
- साइकल यात्रीहरूले स्थानीय तहमा रहेका पर्यटकीय र धार्मिक स्थलहरूको अवलोकन गरे, साथै स्थानीय बासिन्दालाई जानकारी गराए।
झापा । स्वस्थ जीवनशैली र साइकल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले ५० जना युवाले झापाको १२ स्थानीय तहमा तीन दिवसीय साइकल यात्रा सोमबार पूरा गरेका छन् ।
झापा साइकल क्लबको आयोजना र पर्यटन कार्यालय काँकडभिट्टाको सहयोगमा फागुन ३० गते प्रारम्भ भएको यात्रा सोमबार सम्पन्न भएको हो । पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकृत निरोज कट्टेलका अनुसार ‘घुमौँ झापा–२०८२’ अन्तर्गत नेपाल र भारतका साइकलयात्रीले १२ वटा स्थानीय तहको १८५ किलोमिटर दूरी साइकलबाट पार गरेका छन् ।
साइकलयात्रीले घुम्ने क्रममा हरेक स्थानीय तहमा रहेका पर्यटकीयस्थल र धार्मिकस्थलको अवलोकन गरेका थिए । विभिन्न जातजातिका संस्कार र संस्कृतिका बारेमा समेत सो अवसरमा साइकलयात्रीले स्थलगत रूपमा जानकारी लिएका थिए ।
केही वर्षयता झापामा स्वास्थ्यका लागि साइकल यात्रा गर्ने र यात्रीहरू सङ्गठित हुने क्रम बढेको छ । जिल्लाभरका साइकलयात्रीले क्लब गठन गरेका छन् । साइकलबाट यात्रा गर्दा शारीरिक व्यायाम हुने र पर्यावरणमा प्रदूषण न्यूनीकरण गर्न सघाउ पुग्ने विषयमा साइकलयात्रीले स्थानीयवासीलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण