त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास
मङ्गलबार, ०३ चैत २०८२, ११ : १९
सारांश
- आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी नियन्त्रण अभ्यास गरिएको छ।
- नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा सम्भावित क्षति न्यूनीकरणको लागि अभ्यास गरिएको हो।
- अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्ड अनुसार यस्ता अभ्यास नियमित गरिन्छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा गरिएको उक्त अभ्यास दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले गरिएको हो । प्राधिकरणले यस्ता अभ्यास हरेक वर्ष गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्डअनुसार ठूला विमानस्थलमा यस्ता अभ्यास नियमित रूपमा अनिवार्य गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रस्तावित व्यक्ति र उजुरीकर्ताबिचको छलफल एकै दिन गरौँ: बुर्लाकोटी
-
नेकपा सांसद हमालको प्रश्न : सुशासन सत्तापक्षलाई लाग्दैन ?
-
किसान ‘मल मिलाइदेऊ’ भन्छन्, सरकार ‘गोदाममा मल छ’ भन्छ : रास्वपा सांसद कठरिया
-
विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग
-
कृषि क्षेत्रलाई आर्थिक आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी
-
संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटमा आईजीपी कार्कीको सम्बोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण