क्युबामा मैले चाहेको गर्न सक्छु: ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामाथि कडा कदम चाल्ने संकेत दिएका छन्।
- क्युबा अमेरिकी प्रतिबन्धका कारण आर्थिक संकट, ऊर्जा अभाव र सामाजिक अस्थिरतासँग जुधिरहेको छ।
- ट्रम्पको कडा अभिव्यक्तिले अमेरिका र क्युबाबीचको वार्ताको वातावरण प्रभावित हुने संकेत देखिएको छ।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाप्रति आक्रामक अभिव्यक्ति दिँदै आफूले उक्त देशमा जे चाह्यो त्यही गर्न सक्ने टिप्पणी गरेका छन् । सोमबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भविष्यमा क्युबामाथि कडा कदम चाल्न सक्ने संकेत दिए । ‘म त्यसलाई मुक्त गरूँ वा लिऊँ—म जे चाहे त्यही गर्न सक्छु,’ उनले भने ।
अमेरिकी प्रतिबन्धका कारण क्युबा गम्भीर आर्थिक संकट, ऊर्जा अभाव र सामाजिक अस्थिरतासँग जुधिरहेको समयमा ट्रम्पको यो टिप्पणी आएको हो । हालैका महिनाहरूमा क्युबामा इन्धन अभाव, विद्युत् कटौती र आपूर्ति प्रणालीमा समस्या बढ्दै गएको छ, जसले देशभर व्यापक असर पारेको छ । विशेषगरी अमेरिकी प्रतिबन्ध र तेल आपूर्तिमा आएको अवरोधले क्युबाको ऊर्जा संकटलाई झनै गहिरो बनाएको बताइन्छ । केही रिपोर्टहरूका अनुसार, भेनेजुएलासँगको सम्बन्ध कमजोर हुँदै जाँदा क्युबाको इन्धन आपूर्ति प्रभावित भएको छ । यससँगै देशमा पटक–पटक विद्युत् भइरहेका छन्, जसले जनजीवन कष्टकर बनाएको छ ।
यता अमेरिका र क्युबाबीच सम्बन्ध सुधारका लागि वार्ता सुरु भएको भए पनि ट्रम्पको यस्तो कडा अभिव्यक्तिले वार्ताको वातावरण नै प्रभावित हुने संकेत देखिएको छ । क्युबाको वर्तमान नेतृत्वप्रति अमेरिकी पक्षले असन्तुष्टि व्यक्त गर्दै आएको छ । रिपोर्टहरूका अनुसार, अमेरिकाले क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेललाई पदबाट हटाउने विषयलाई वार्ताको प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ । तर यसबारे औपचारिक पुष्टि भने गरिएको छैन ।
क्युबाले भने आफ्नो आन्तरिक मामिलामा बाह्य हस्तक्षेप अस्वीकार्य हुने सधैं स्पष्ट गर्दै आएको छ । कुनै पनि सम्झौताका लागि राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रता अपरिहार्य सर्त भएको उसले बताउँदै आएको छ ।
इतिहास पल्टाएर हेर्ने हो भने अमेरिका–क्युबा सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । सन १९५९ मा फिडेल कास्ट्रोको नेतृत्वमा भएको क्रान्तिपछि क्युबाले अमेरिकासँग दूरी बढाएको थियो । त्यसयता दुबै देशबिच राजनीतिक, आर्थिक र कूटनीतिक विवाद जारी रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण