सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

भारतको थोक मुद्रास्फीति फेब्रुअरीमा २.१३ प्रतिशतमा पुग्यो

बुधबार, ०४ चैत २०८२, ११ : २४
बुधबार, ०४ चैत २०८२

सारांश

  • फेब्रुअरीमा भारतको थोक मूल्य सूचकांक २.१३ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक भयो।
  • मुद्रास्फीति अन्य उत्पादन, धातु, खाद्य वस्तु र कपडाको मूल्य वृद्धिका कारण बढेको बताइएको छ।
  • जनवरीमा १.८१ प्रतिशत रहेको थोक मूल्य सूचकांक फेब्रुअरीमा २.१३ प्रतिशत पुग्यो।

नयाँदिल्ली । संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फेब्रुअरीमा भारतको थोक मूल्य सूचकांक २.१३ प्रतिशतले बढेको छ । 

मन्त्रालयको विज्ञप्तिअनुसार फेब्रुअरी २०२६ मा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया अन्य उत्पादन, आधारभुत धातुहरूको निर्माण, गैर–खाद्य वस्तुहरू, खाद्य वस्तुहरू र कपडाहरू आदिको मूल्यमा भएको वृद्धिको कारणले हो ।

 थोक मूल्य सूचकांक मुद्रास्फीति दर जनवरीमा १.८१ प्रतिशत र डिसेम्बर २०२५ मा ०.९६ प्रतिशत थियो । खाद्य मुद्रास्फीति जनवरीमा १.४१ प्रतिशतको तुलनामा फेब्रुअरीमा १.८५ प्रतिशतमा पुगेको छ । 

प्राथमिक वस्तु समूहको सूचकांक जनवरीमा १९३.९ बाट ०.५२ प्रतिशतले घटेर फेब्रुअरीमा १९२.९ मा झरेको छ । इन्धन र उर्जा समूहको सूचकांक जनवरीमा १४५.९ बाट १.१७ प्रतिशतले बढेर फेब्रुअरीमा १४७.६ पुगेको छ ।

 उत्पादित वस्तु समूहको सूचकांक जनवरीमा १४७.५ बाट ०.४७ प्रतिशतले बढेर फेब्रुअरीमा १४८.२ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप