सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

बुधबार, ०४ चैत २०८२, १२ : ५३
बुधबार, ०४ चैत २०८२

सारांश

  • खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ।
  • एयर डाइनेष्टिको हेलिकप्टर शव ओरालेर फर्किने क्रममा दुर्घटनामा परेको हो।
  • दुर्घटनामा मानवीय क्षति भने भएको छैन।

काठमाडौँ । खोटाङकाे केपीलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटनामा परेको छ। सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले आज हेलिकप्टर सामान्य दुर्घटनामा परेको जानकारी दिइन्।

 'शव ओरालेर फर्किने क्रममा दुर्घटना भएको भन्ने सुनिएकाे छ, कुनै मानवीय क्षति भएको छैन,’ उनले भनिन्। 

एकजनाको खुट्टामा चोट लागेको छ । प्रहरी घटनास्थलमा पुगिसकेको बताइएको छ । 

ccc

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप