लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः के-के छन् निर्णय ?
सारांश
- लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्मचारी पदस्थापन र सचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ।
- बैठकले 'प्रदेश आयोजना बैंक' निर्देशिका स्वीकृत गर्दै आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित गर्ने जनाएको छ।
- स्वास्थ्य, कृषि, र सामाजिक विकास मन्त्रालयका सचिवहरूलाई थप जिम्मेवारी तोकिएको छ, साथै विभिन्न अस्पतालमा डाक्टरहरूको पदस्थापन गरिएको छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बढुवा भएका कर्मचारीहरूको पदस्थापन तथा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।
बैठकले ‘प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२’ स्वीकृत गरेको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जानकारी दिए । उक्त निर्देशिकामार्फत प्रदेशका प्राथमिकताप्राप्त आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाउने उद्देश्य राखिएको प्रदेश सरकारले जनाएको छ ।
निर्णयानुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको थप जिम्मेवारी विनोद लामिछाने, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको थप जिम्मेवारी नारद गौतम तथा सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिवाकर भण्डारीलाई दिइएको छ ।
प्रदेश स्वास्थ्य सेवातर्फ रोशनलाल चौधरीलाई स्वास्थ्य निर्देशनालय, राप्ती उपत्यका (देउखुरी)मा प्रमुख जनस्वास्थ्य प्रशासकका रूपमा पदस्थापन गरिएको छ । डा. राजेन्द्रकुमार गिरीलाई प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, रुपन्देहीमा प्रमुख जनस्वास्थ्य प्रशासकका रूपमा खटाइएको छ । यस्तै डा. मोहम्मद नुरुल होदालाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर, डा. पदमराज अधिकारीलाई गुल्मी जिल्ला अस्पतालमा पदस्थापन गरिएको छ ।
डा. शकुन्तला कुमारीलाई रामपुर अस्पतालमा प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्टका रूपमा जिम्मेवारी दिइएको छ । डा. अनूप थापालाई बुटवल प्रादेशिक अस्पतालमा प्रमुख कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ (अब्स्टेट्रिक्स एन्ड गायनोकोलोजिस्ट)का रूपमा पदस्थापन गरिएको छ ।
त्यसैगरी डा. भुवन पौडेललाई सोही अस्पतालमा प्रमुख कन्सल्टेन्ट सर्जन तथा डा. सुरेन्द्र कुँवरलाई प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्टका रूपमा जिम्मेवारी दिइएको छ । डा. पुष्पराज जोशीलाई प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन, डा. कृष्णहरि सुवेदीलाई प्रमुख कन्सल्टेन्ट बालरोग विशेषज्ञ (पेडियाट्रिसियन) तथा डा. प्रभात पोखरेललाई प्रमुख कन्सल्टेन्ट छाला रोग विशेषज्ञ (डर्माटोलोजिस्ट)का रूपमा लुम्बिनी प्रादेशिक अस्पतालमा पदस्थापन गरिएको छ ।
डा. गोपालप्रसाद ज्ञवालीलाई सोही अस्पतालमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रूपमा जिम्मेवारी दिइएको छ । प्रदेश इन्जिनियरिङ सेवातर्फ अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयमा सुपरिटेन्डेन्ट इन्जिनियरका रूपमा पदस्थापन गरिएको छ भने प्रदेश वन सेवातर्फ ईश्वरीप्रसाद पौडेललाई वन महानिर्देशकको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण