सङ्खुवासभाबाट सुत्केरीको हवाई उद्धार
सङ्खुवासभा । मकालु गाउँपालिका–१ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेकी २८ वर्षीया सरु राईलाई जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रियामार्फत प्रसूति गराइएकामा स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको हो।
प्रसूति गराइसकेपछि पनि अत्यधिक रक्तस्राव भएपछि उनको अवस्था नाजुक बनेको र थप विशेषज्ञ उपचारका लागि काठमाडौँ लैजाने अवस्था हुँदा हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पठाइएको जिल्ला अस्पतालका चिकित्सक डा. प्रदीप श्रीवालले जानकारी दिए।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्दार गरिएको हो । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच सीमित रहेकाले यस्ता आकस्मिक अवस्थामा हवाई उद्धार प्रभावकारी बनेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण