हुरीले व्यावसायिक केराखेतीमा क्षति
सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेकोे छ । गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो।
यहाँका किसानले लगाएको सात बिघा क्षेत्रफलको केराखेतीमा क्षति पुर्याएको स्थानीय किसान रामकुमार घिमिरेले जानकारी दिए। “यहाँ हामीले सात बिघामा व्यावसायिक केराखेती गरेका थियौँ । त्यसमध्ये तीन बिघाको केराखेती पूर्ण रुपमा नष्ट भएको छ । बाँकीमा आंशिक क्षति पुगेको छ”, उनले भने।
यहाँ जयप्रसाद पडाडी, युवराज पहाडी र रामकुमार घिमिरेले संयुक्त रुपमा चार वर्षअघि भित्रीमधेस बहुद्देश्यीय कृषि फार्ममार्फत व्यावसायिक केराखेती सुरु गरेका थिए । तीन दिनअघिको हुरीले उक्त खेतीमा १३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । उक्त फार्मले गत वर्ष रु ४३ लाख बराबरको केरा बिक्री गरेको थियो।
कृषि विकास कार्यालय, सिन्धुलीका अनुसार जिल्लामा ३६४ हेक्टरमा व्यावसायिक केराखेती हुँदै आएको छ । व्यावसायिक केराखेती भएको अधिकांश क्षेत्रमा आंशिक क्षति पुगेको किसान बताउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण