खाँबो चिथोर्न बन्द गरौँ, नयाँ सरकारलाई तीन महिना काम गर्न दिऊँ: गोकुल बास्कोटा
सारांश
- एमाले नेता गोकुल बास्कोटाले रास्वपाको जितलाई जनताको रोजाइ भनेका छन्।
- उनले नयाँ सरकारको काम हेर्न कम्तीमा तीन महिना पर्खनुपर्ने बताएका छन्।
- बास्कोटाले रास्वपाका वाचालाई जनताले विश्वास गरेको स्वीकारेका छन्।
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले भर्खरै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जितलाई जनताको रोजाइका रूपमा स्विकार्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले नयाँ सरकारले कसरी काम गर्छ भन्ने कुरा उनीहरूकै हातमा रहेको उल्लेख गरे।
बास्कोटाले नयाँ सरकारले काम सुरु गरेको कम्तीमा तीन महिनासम्म अरूले कुनै टिप्पणी गर्नुको अर्थ नरहेको स्पष्ट पारेका छन्। जनता सधैँ साझा रहने भन्दै यस पटक आम नागरिकले रास्वपाका बाचा र एजेन्डालाई विश्वास गरेको उनले स्वीकार गरे।
चुनावी परिणामपछि विभिन्न कोणबाट भइरहेका आलोचना र असन्तुष्टिलाई सङ्केत गर्दै उनले ‘खाँबो चिथोर्न बन्द गरे हुने’ भन्दै टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘रास्वपाले चुनाव जित्यो। चलाउँछन् कसरी ? त्यो उनीहरूकै कुरा। नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरूले केही बोल्नु नै बेकार हो। जनता साझा थिए, छन् र हुने नै छन्। फरक कति मात्र हो भने आम जनताको रोजाइमा यसपल्ट उनीहरू परे, अझ यसो भनौँ उनका वाचा जनताले पत्याए। खाँबो चिथोर्न बन्द गरे हुने !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण