डाक्टरको सल्लाह बिना भिटामिन बी३ खानुहुन्छ ? जाला है आँखाको दृष्टि
सारांश
- एक ६१ वर्षीय पुरुषले डाक्टरको सल्लाह बिना अत्यधिक भिटामिन बी३ (नियासिन) सेवन गर्दा आँखाको ज्योति गुमाए।
- अमेरिकाको एक अस्पतालमा गरिएको उपचारमा, उनलाई नियासिनको कारणले सिस्टोइड म्याकुलोप्याथी भएको पत्ता लाग्यो।
- उपचारपछि उनले नियासिन लिन बन्द गरेपछि उनको दृष्टिमा सुधार आयो, र दुई महिनामा सामान्य अवस्थामा फर्कियो।
काठमाडौँ । आजभोलि मानिसहरूले फिट रहन र रोगबाट बच्न भिटामिन सप्लिमेन्टहरू प्रयोग गर्न थालेका छन् । भिटामिन बी३ (नियासिन) मुटुको स्वास्थ्य र कोलेस्ट्रोल नियन्त्रणको लागि विशेष गरी लोकप्रिय बनेको छ ।
यद्यपि डाक्टरको सल्लाह बिना यसको अत्यधिक सेवन हानिकारक हुन सक्छ । एक जना ६१ वर्षीय पुरुषले धेरै महिनासम्म दैनिक ३ देखि ६ ग्राम नियासिन खाए । उनले डाक्टरसँग परामर्श नगरी यो सप्लिमेन्ट सुरु गरेका थिए । तर केही समय पछि, उनको आँखाको ज्योति बिग्रन थाल्यो स्पष्ट देख्नै छाडे भन्ने समाचार आयो ।
यो घटना अमेरिकाको माउन्ट सिनाईको न्युयोर्क आँखा तथा कान अस्पतालमा पत्ता लागेको हो । ६१ वर्षीय ती पुरुषको उपचार यहीँ अस्पतालमा गरिएको थियो । बिरामीलाई उच्च रक्तचाप र कोलेस्ट्रोल थियो । धेरै महिनादेखि ती वृद्धले आफ्नो मनखुसी नियासिन सप्लिमेन्ट लिइरहेका थिए ।
रिपोर्टका अनुसार उनले दैनिक लगभग ३ देखि ६ ग्राम नियासिन सेवन गरिरहेका थिए । डाक्टरसँग परामर्श नगरी उनले यो मात्रामा नियासिन खाइरहेका थिए । जुन सामान्य आवश्यकताभन्दा धेरै बढी थियो ।
मानिसहरू किन खान्छन् भिटामिन बी३ ?
नियासिन सामान्यतया उच्च कोलेस्ट्रोल (हाइपरलिपिडेमिया) कम गर्न र मुटुको स्वास्थ्य सुधार गर्न प्रयोग गरिन्छ । धेरै अवस्थामा डाक्टरहरूले यसलाई औषधिको रूपमा पनि सिफारिस गर्छन् । यसैकारण मानिसहरूले यसलाई सुरक्षित मान्छन र आफैंले लिन थाल्छन् ।
यसले आँखामा कसरी असर गर्यो ?
जाँचको क्रममा बिरामीलाई नियासिनका कारण सिस्टोइड म्याकुलोप्याथी भनिने दुर्लभ रोग लागेको पत्ता लाग्यो। यो अवस्थामा रेटिनाको म्याकुलामा तरल पदार्थ जम्मा हुन्छ, जसले गर्दा आँखा सुन्निन्छ र दृष्टि धमिलो हुँदै जान्छ ।
यो केस स्टडी जर्नल अफ भिट्रियोरेटिना डिजिजमा प्रकाशित भएको थियो । अनुसन्धान टोलीका प्रमुख डाक्टर डा रिचर्ड रोजेनले चिकित्साको सल्लाहबिना उच्च मात्रामा नियासिन खाँदा आँखामा गम्भीर जोखिम हुन सक्छ भनेर भनेका छन् ।
बिरामीले नियासिन लिन बन्द गर्ने बित्तिकै, उनको अवस्थामा द्रुत गतिमा सुधार भयो । एक हप्ता भित्र उनको दृष्टिमा सुधार आयो, र दुई महिना भित्र उनको दृष्टि लगभग सामान्य अवस्थामा फर्किएको बताइएको छ ।
विशेषज्ञहरूका अनुसार, नियासिनको सामान्य खुराक प्रति दिन १ देखि ३ ग्राम हुन्छ । यो बढीमा ६ ग्राम, खान सकिन्छ, त्यो पनि चिकित्सकको सल्लाहमा । डाक्टरहरूले कुनै पनि भिटामिन वा पूरक लिनु अघि विशेषज्ञसँग परामर्श गर्न सिफारिस गर्छन् । प्रत्येक व्यक्तिको आवश्यकता फरक हुन्छ, र गलत खुराक हानिकारक हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण