सुकेधारामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिहीबार, ०५ चैत २०८२, १० : ५२
सारांश
- काठमाडौंको सुकेधारामा बोलेरो जिपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।
- मृत्यु हुनेमा सर्लाहीका ३७ वर्षीय वीरेन्द्र शाह रहेको र उनी बालुवाखानीमा बस्दै आएका थिए।
- प्रहरीले बोलेरो चालक सुनिल राईलाई पक्राउ गरेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ।
काठमाडौं । काठमाडौँको सुकेधारामा बोलेरो जिपले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही घर भएर काठमाडौँको बालुवाखानी बस्दै आएका ३७ वर्षीय वीरेन्द्र शाह छन् ।
चैत ३ मा दिउँसो राजेश हर्डवेयरबाट सामान झारेर निस्कँदै गरेको बा.१५ च ८५५० नम्बरको बोलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो । उपचारको क्रममा ओम अस्पतालमा शाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
बोलेरो चालक ओखलढुङ्गा घर भएर नयाँ बानेश्वर बस्ने २३ वर्षीय सुनिल राईलाई प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको एसएसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण