नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध
काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि उपलब्ध गराउँदै आएको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध हुने जनाएको छ। यसका लागि टेलिकमले विभिन्न देशका ८९ वटा दूरसञ्चार सेवा प्रदायकसँग सम्झौता गरेको छ।
चालु आर्थिक वर्षको साउन महिनापश्चात् लाटभिया, स्लोभेनिया, टर्की, ताइवान, अस्ट्रेलिया, घाना, रोमानिया र लाओसलगायतका देशका विभिन्न सेवा प्रदायकसँग सम्झौता गरी सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ।
नेपाल टेलिकमले पहिलेदेखि नै अन्य विभिन्न देशहरुमा यो सुविधा उपलब्ध गराइरहेको थियो । अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, बेलारुस, बुल्गेरिया, क्यानडा, चीन, क्रोएसिया, साइप्रस, डेनमार्क, इजिप्ट, जर्मनी, घाना, ग्रीस, हङकङ, हंगेरी, आइसल्यान्ड, भारत, इन्डोनेसिया, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कजाकस्तान, कुवेत, लाटभिया, लिच्टेन्सटाइन र लक्जेम्बर्गमा रोमिङ सेवा प्रयोग गर्न सकिन्छ ।
त्यसैगरी मलेसिया, मकाउ, माल्टा, मौरिसस, मेक्सिको, म्यानमार, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, ओमान, पाकिस्तान, फिलिपिन्स, पोर्चुगल, कतार, रोमानिया, रसिया, साउदी अरेबिया, सिंगापुर, स्लोभेनिया, दक्षिण कोरिया, श्रीलंका, स्विडेन, स्विजरल्यान्ड, ताइवान–आरओसी, थाइल्यान्ड, टर्की, युएई, युके, युएसए, उज्वेकिस्तान, भियतनाम र लाओसमा समेत रोमिङ सेवा सेवा प्रयोग गर्न सकिन्छ ।
टेलिकमले विदेश भ्रमणमा जाने ग्राहकलाई लक्षित गर्दै यो सेवा निकै उपयोगी हुने विश्वास लिएको छ। रोमिङ सेवाअन्तर्गत ग्राहकले विदेशमै रहेर पनि आफ्नो मोबाइलबाट भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्।
भारतका लागि ग्राहकले आफ्नो मोबाइलबाट १४१५७# डायल गरी मेनुबाट 'रोमिङ' विकल्प छनोट गरेर सेवा सुचारु गर्न सक्नेछन्। पोस्टपेड प्रयोगकर्ताको हकमा भने सेवा सुचारु गर्न कम्तीमा पाँच हजार रुपैयाँ ब्यालेन्स हुनुपर्ने वा प्रयोगकर्ता नभएको खण्डमा १४१५७# डायल गरी सेवा सुचारु गर्न सकिनेछ।
नेपालमै रहेका ग्राहकले विदेश भ्रमणमा जानुअघि इमेलमार्फत सेवा एक्टिभ गर्न सक्नेछन्। त्यसका लागि टेलिकमको वेबसाइटबाट 'Prepaid Roaming Registration Form' डाउनलोड गरी भरेर आवश्यक कागजातसहित [email protected] मा पठाउनुपर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण