जुम्लामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
बिहीबार, ०५ चैत २०८२, १७ : ००
सारांश
- जुम्लामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खसेर एक महिलाको मृत्यु भएको छ र अर्की घाइते भएकी छिन्।
- चन्दननाथ नगरपालिका-९ को उठिले क्षेत्रमा बिहीबार बिहान ११ बजे माटो खन्ने क्रममा दुर्घटना भएको हो।
- प्रहरीका अनुसार, ४७ वर्षीया कृष्णमाया तिमिल्सेनाको उपचारको क्रममा मृत्यु भयो भने तारा धर्ती उपचारपछि घर फर्किइन्।
जुम्ला । जुम्लामा घर पोत्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ भने अर्की एक जना घाइते भएकी छिन्। चन्दननाथ नगरपालिका–९ को उठिले क्षेत्रमा बिहीबार बिहान करिब ११ बजे यो दुःखद घटना भएको हो।
घर लिप्ने माटो निकाल्नका लागि खनिरहेका बेला अचानक ठूलो ढिस्को खसेर दुई महिलालाई पुरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। प्रहरी सूचना अधिकारी शालिकराम खनालका अनुसार घटनामा ४७ वर्षीया कृष्णमाया तिमिल्सेना र करिब ४० वर्षीया तारा धर्ती पुरिएका थिए।
घटनालगत्तै स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले उनीहरूको उद्धार गरी तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो। उपचारकै क्रममा कृष्णमायाको मृत्यु भएको छ भने तारा धर्ती उपचारपछि निको भएर घर फर्किएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण