शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

महिन्द्राले ल्यायो नेपालमै पहिलो पटक २ टन भार क्षमता भएको बोलेरो म्याक्स पिक-अप

बिहीबार, ०५ चैत २०८२, १९ : २४
बिहीबार, ०५ चैत २०८२

काठमाडौं । पिक-अप सेगमेन्टमा विश्वव्यापी रूपमा स्थापित महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पिक-अप पोर्टफोलियोलाई थप मजबुत बनाउँदै नेपालमा 'महिन्द्रा बोलेरो म्याक्स पिक-अप' सार्वजनिक गरेको छ ।

महिन्द्राको पिक-अप तथा कमर्सियल युटिलिटि गाडीहरूको नेपालमा आधिकारिक वितरक, ग्रुपअन्तर्गत अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडद्वारा नेपालकै पहिलो र एकमात्र २-टन भार क्षमता भएको पिक-अप महिन्द्रा बोलेरो म्याक्स पिक-अप' सार्वजनिक गरिएको हो ।

बिहिबार काठमाडौंको गैरीधारास्थित महिन्द्राको सोरुममा विशेष आधिकारिक सार्वजनिकिकरण समारोह मार्फत नयाँ पिक- अप सार्वजनिक गरिएको हो । समारोहमा महिन्द्रा एन्ड महिन्द्रा तथा अग्नि ग्रुपका विशेष प्रतिनिधिहरू, सञ्चार प्रतिनिधिहरू तथा ग्राहकवर्गहरूको उपस्थिति रह्यो ।

काठमाडौँसँगै विरगञ्ज, बुटवल, र जनकपुरमा पनि बिहिबार नै सार्वजनिक गरिएको हो । साथै, भैरहवा, चितवन, हेटौँडा, विराटनगर, दमक, गाईघाट, पोखरा, धनगढी, दाङ, नेपालगञ्ज, सुर्खेत, बिर्तामोड आदि नेपालका मुख्य व्यापारिक सहरहरूमा पनि लगत्तै गाडी सार्वजनिक गरिने योजना रहेको छ ।

भार क्षमता (पेलोड), इन्धन इफिसियन्स, सुरक्षा र समग्र ड्राइभिङ अनुभवमा नयाँ मापदण्ड गर्दै, बोलेरो म्याक्स पिक-अपले नेपाली बजारको सब-२- कमर्सियल गाडीको सेगमेन्टमा महिन्द्राको नेतृत्वदायी स्थानलाई अझ सुदृढ गर्ने विश्वास लिएको छ ।

महिन्द्राले नेपाली ग्राहकहरूका लागि दुई हेभी ड्युटी भेरियन्टहरू - HD 1.7 LX र HD 2.0L SXi उपलब्ध गराउनेछ । यी भेरियन्टहरू सामान्य ढुवानीदेखि इन्टरसिटि ढुवानीका लागि उपयुक्त छन् । नेपालको उबडखाबड र पहाडी सडकहरूमा यात्रा गर्नका लागि यी गाडीहरू 'साना कमर्सियल गाडी को सेगमेन्टमा उत्कृष्ट रोजाइ रहेका छन् ।

नेपालमा ग्राहकहरूको लागि HD 1.7 LX भेरियन्टको विशेष लन्जिङ मूल्य रू. २९ लाख ९५ हजार (२९,९५,०००) बाट सुरु हुन्छ भने HD 2.0L SXi को मूल्य रू. ३२ लाख ९५ हजार (३२,९५,०००) बाट सुरु हुन्छ । दुवै भेरियन्टहरू महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नि ग्रुपका डिलरसिपह मार्फत बिक्री गरिनेछ ।

महिन्द्रा एन्ड महिन्द्राका इन्टरनेसनल अपरेसन्स प्रमुख सचिन अरोल्करले भने, “बोलेरो म्याक्सले एक उच्चस्तरको सक्षम, भरपर्दो, सुरक्षित, कार्यकुशल र बहुउपयोगी पिक-अपको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ । यी गुणहरूसहित कम सञ्चालन खर्चका कारण यो पिक-अप चालक तथा व्यवसायीहरूका बीच लोकप्रिय गाडी रहेको छ । युटिलिटिसँगै सुरक्षा र आरामलाई समेत विशेष ध्यान दिएर डिजाइन गरिएको यस गाडीले साना कमर्सियल गाडीको बजारमा नयाँ आयाम थपेको छ । यो पिक-अप नेपालको बढ्दो लजिस्टिक्स आवश्यकताका लागि निकै उपयुक्त पिक-अप रहेको छ र हामी विश्वस्त छौं कि यसले नेपाली बजारमा महिन्द्राको अग्रस्थान कायम राख्नेछ ।”

WhatsApp Image 2026-03-19 at 18.37.07

अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले भने, “नेपालमा बोलेरो म्याक्स पिक-अप सार्वजनिक गरिरहँदा हामी निकै उत्साहित छौं । यसको विशेषताहरूको कारण यो पिक-अप भारतीय बजारमा अत्यधिक लोकप्रिय भइसकेकै छ । यसको मजबुती र बहुआयामिक क्षमता नेपाल जस्तो भौगोलिक रूपमा विविधताले भरिएका सडकहरूका लागि झनै उपयोगी हुनेछ । र यसले नेपालको साना कमर्सियल गाडी (एस-सि-भि) सेगमेन्टमा नयाँ मापदण्ड थप्नेछ भन्ने विश्वास हामी राख्दछौँ।"

बोलेरो म्याक्स (MaXX) पिक-अपले नेपाली पिक-अप सेगमेन्टमा एउटा नयाँ आयाम थप्ने विश्वास लिएको छ । बोलेरो म्याक्स पूर्ण रूपमा नयाँ प्लेटफर्ममा निर्माण गरिएको पिक-अप हो । यद्यपि यसले बोलेरोको डिएनएसँग जोडिएका मुख्य विशेषताहरू जस्तै मजबुती, विश्वसनीयता, कम मेन्टेनेन्स खर्च र उच्च रिसेल भ्यालुलाई आत्मसात गरेको छ । साथै, यसले सरल र सदाबहार देखिने बोलेरोको डिजाइनलाई पनि कायम राखेको छ।

WhatsApp Image 2026-03-19 at 18.37.08

डिजेल र सिनजि दुवै विकल्पमा उपलब्ध रहेको यो पिक-अपमा महिन्द्राको अत्याधुनिक एमटुडिआइ (m2Di) इन्जिन रहेको छ । यसको भार क्षमता १.७ देखि २ टनसम्म रहेको छ भने कार्गोबेड (ढाला) को लम्बाई १० फिट (वा ३०५० मिमि) सम्म रहेको छ । बोलेरो म्याक्स पिक-अपले उत्कृष्ट आरामसँगै सुरक्षालाई प्राथमिकता दिन्छ ।

यसको फराकिलो 'ह्विल ट्र्याक'ले गाडीलाई थप सन्तुलन प्रदान गर्छ र ह्यान्डल गर्न अझ सजिलो बनाउँदछ । यसको 'सिङ्गल - पिस बडि साइड आउटर (बिएसओ) ले गाडीको संरचनालाई थप मजबुत, अडिग र दमदार बनाउँदछ भने 'हाइ- स्ट्रेन्थ लो-एलोय' पार्टपुर्जाहरूको प्रयोगले यसको टिकाउपन सुनिश्चित गर्दछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप