पश्चिम एसिया युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख
काठमाडौँ । विश्व व्यापार संगठन प्रमुख न्गोजी ओकोन्जो–इवेलाले पश्चिम एसियामा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा निम्त्याएको चेतावनी दिँदै विश्वव्यापी आपूर्ति श्रृंखलाहरू खुला राख्न अपिल गरेकी छन् । बिहीबार जेनेभामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सो कुरा बताएकी हुन् ।
“पश्चिम एसिया द्वन्द्वका कारण उच्च ऊर्जा लागतले आपूर्ति घटाउँछ, रासायनिक मलको लागत बढाउँछ र अन्ततः यसले विश्वव्यापी खाद्य सुरक्षालाई खतरामा पार्छ,” उनले भनिन्- “आपूर्तिमा लामो समयसम्म अवरोधले खाद्य प्रणालीमा तरङ्ग ल्याउन सक्छ, जसले किसानहरूलाई मलको प्रयोग कम गर्न र कम परिणम दिने गहन बालीहरू रोप्न प्रेरित गर्दछ ।”
इवेलाले विश्वव्यापी खाद्य व्यापार मार्गहरू खुला गर्नु र आपूर्तिलाई पूर्वानुमानयोग्य बनाउनु आवश्यक रहेको बताउँदै खाद्य आपूर्तिलाई सबैभन्दा बढी आवश्यक भएको ठाउँमा प्रवाह गर्नुपर्ने समेत बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण