गण्डकी सरकारले गोरखामा ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्ने
सारांश
- गण्डकी प्रदेश सरकारले गोरखाको छेपेटारमा ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
- सुविधासम्पन्न आवास भवन २०७६ सालमा निर्माण सुरु भई हालै सम्पन्न भएको हो।
- आश्रममा २४ कोठा, सभा हल, र सुरक्षा गार्डका लागि छुट्टै भवन रहेका छन्।
पोखरा । गण्डकी प्रदेश सरकारले गोरखाको छेपेटारमा ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्ने भएको छ । यसअघि नै भौतिक संरचना तयार भैसकेको छेपेटारमा सरकारले ज्येष्ठ नागरिकलाई राख्ने गरी निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिक आश्रम सञ्चालनको निर्णय गरेको सरकारका प्रवक्ता डा। टकराज गुरुङले जानकारी दिए ।
उनका अनुसार गोरखा नगरपालिका १० छेपेटारमा यसअघि नै सुविधासम्पन्न आवास भवन तयार भएको छ । प्रदेश सरकारकै लगानीमा २०७६ साल भदौ १ गते सम्झौता भएर भवन निर्माण सुरु गरिएको हो । आसिस इको जेभीले ३ पटक म्याद थपेर अघिल्लो वर्ष मात्रै भवन निर्माण सम्पन्न गरेको हो ।
३ रोपनी सरकारी जग्गामा निर्माण भएको उक्त भवनमा तीन वटा संरचना छन् । कार्यालय प्रयोजनका लागि छुट्टै भवन छ । बृद्धवृद्धा राख्नका लागि बनाइएको भवनमा एउटा सभा हल सहित २४ कोठा छन् । सुरक्षा गार्डका लागि एक कोठे छुट्टै भवन बनाइएको छ ।
केही कोठाहरुमा एयर कन्डिसन (एसी) समेत जडान गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । भवन करिब ४ करोड लागतमा तयार गरिएको हो । भवनसम्म पुग्ने सडकको दुई सय मिटर कालापत्रे र ढलान समेत भइसकेको कार्यालयले जनाएको छ ।
सोही भवनलाई ज्येष्ठ नागरिक आश्रमका रुपमा सञ्चालन गर्न लागिएको सरकारका प्रवक्ता गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण