प्रधानमन्त्रीका सल्लाहकारद्वय खनाल र तिमिल्सिनाको राजीनामा
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीका दुई सल्लाहकारले राजीनामा दिएका छन्।
- सल्लाहकारहरू अजयभद्र खनाल र गोविन्दनारायण तिमिल्सिनाले राजीनामा दिएका हुन्।
- नयाँ सरकार गठनको तयारी चलिरहँदा रास्वपाले एकल सरकार बनाउने तयारी गरेको छ।
काठमाडौं । नयाँ सरकार गठनको गृहकार्य भइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका २ सदस्यले राजीनामा दिएका छन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायाण तिमिल्सिनाले राजीनामा दिएका हुन् ।
‘खनाल र तिमिल्सिनाले केही दिन अघि नै राजीनामा दिइसक्नुभएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘सकरारको कार्यकाल सकिन लागेकाले दिएको हुनुपर्छ ।’
यसबारेमा खनाल र तिमिल्सिनासँग फोन सम्पर्क गर्न खोज्दा उनीहरूको फोन उठेन । तिमिल्सिना निकटस्थ स्रोतले उनले चैत २ गते राजीनामा दिएको बतायो ।
फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई सिट जितेपछि उसले एकल सरकार गठनको तयारी गरिरहेको छ ।
चैत १२ गते नवनिर्वाचित सांसदहरूले शपथ लिएलगत्तै चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्तिको तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण