संयुक्त राष्ट्रसङ्घद्वारा पश्चिम एसियामा तनाव कम गर्न आह्वान
काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इजरायललाई कडा चेतावनी दिँदै पश्चिम एसियामा व्याप्त द्वन्द्वको तुरुन्तै अन्त्य गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा गुटेरेसले सन्देश प्रवाह गर्दै संयुक्त राज्य अमेरिका र इजरायललाई यो युद्ध अन्त्य गर्ने उत्तम समय भएको बताएका छन् । जुन नियन्त्रणबाट बाहिर निस्कने जोखिम उठाउँदै छ ।
युद्वले विश्वव्यापी अर्थतन्त्रमा नकरात्मक प्रभाव पार्दै कम विकसित देशहरूका लागि दुखद परिणाम निम्त्याइरहेको उनले बताएका छन् ।
यसैगरी इरानलाई आफ्ना छिमेकीहरू माथिको आक्रमण गर्न बन्द गर्न आह्वान गर्दै, तिनीहरू कहिल्यै द्वन्द्वमा सहभागी नभएको उनले बताएका छन् । सुरक्षा परिषद्ले यी आक्रमणहरूको निन्दा गर्दै तत्काल रोक्न आदेश दिएको छ ।
होर्मुजको जलमार्ग लामो समयसम्म बन्द हुँदा संसारभरका मानिसहरूका लागि ठूलो पीडा हुने बताउदै परिषद्ले यसको द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको जनाउदै स्ट्रेट अफ होर्मुज खोल्ने आदेश दिएको छ । परिषदले कानूनले बलमाथि प्रभुत्व जमाउने समय भएको जनाउँदै यसले यो युद्धमाथि कुटनीतिको विजय हुने समय भएको जनाएको छ ।
गुटेरेसको टिप्पणी हालै क्षेत्रीय पूर्वाधारलाई लक्षित गरी इरानी आक्रमणको प्रतिक्रियामा आएको छ । जसले पश्चिम एसियामा तनाव बढाउनुका साथै विश्वव्यापी ऊर्जा आपूर्तिमा चिन्ता बढाएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि तत्काल द्वन्द्व समाधानको आवश्यकतामा जोड दिदै सामाजिक सञ्जाल एक्समा मध्यपूर्वमा स्थिरता पुनर्स्थापना गर्न ठोस शान्ति योजना ल्याउनुपर्ने बताएका छन् ।
यसैबिच बेलायती प्रधानमन्त्री कीर स्टारमरले कतारी ग्यास सुविधामा भएको इरानी आक्रमणको निन्दा गरेका छन् । विश्वव्यापी रुपमा नेताहरूको द्वन्द्वलाई अझ बढ्नबाट रोक्न र व्यापक मानवीय र आर्थिक सङ्कटहरू सिर्जना नगर्न र संयम भई स्वतन्त्रताको पुनर्स्थापना र तत्काल कूटनीतिक तथा ठोस शान्ति प्रक्रिको आह्वानको लागि अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण