नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा सब-ओभरसियर मण्डल दोषी ठहर
सारांश
- नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा शिवनारायण मण्डललाई विशेष अदालतले दोषी ठहर गरेको छ।
- मण्डलले भारतको एसएलसीको नक्कली प्रमाणपत्र पेश गरी सरकारी जागिर खाएका थिए, अदालतले ५ हजार जरिवाना तोकेको छ।
- प्रमाणपत्र छानबिन गर्दा नक्कली ठहर भएपछि मण्डल दोषी पाइएका हुन्।
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा शिवनारायण मण्डल दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मण्डललाई भ्रष्टाचारी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।
शिवनारायण मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट सन् १९८३ मा माध्यमिक तह (एसएलसी सरह) उत्तीर्ण गरेको भनी रोल नं. ६२–७–३६० उल्लेख भएको शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । सोही प्रमाणपत्रका आधारमा उनले २०५३ साउन १ गतेदेखि द्वितीय श्रेणीको ‘सब–ओभरसियर’ पदमा स्थायी नियुक्ति लिएका थिए ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमार्फत उक्त प्रमाणपत्रको आधिकारिकता जाँच गर्दा बिहार विद्यालय परीक्षा समितिले सो रोल नम्बर भएको प्रमाणपत्र अर्कै व्यक्तिको नाममा रहेको र मण्डलको नाम अभिलेखमा नदेखिएको जानकारी पठाएको थियो ।
अदालतमा बयान दिँदा समेत मण्डलले प्रतिवेदनको खण्डन गर्न नसकेपछि अदालतले उनलाई दोषी ठहर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण