दुई वर्ष अघि भारतमा हराएको आफ्नो बच्चा अन्ततः फेला पारेरै छाडे नेपाली दम्पतीले
सारांश
- दुई वर्षअघि भारतमा हराएका नेपाली दम्पतीले आफ्नो बच्चा फेला पारेका छन्।
- उत्तर प्रदेशको गाजियाबादमा फेला परेको बच्चालाई एक महिलाले बाल आश्रमबाट लगेर पालेकी थिइन्।
- बच्चाको डीएनए परीक्षणपछि नयाँदिल्लीस्थित नेपाली दूतावासको उपस्थितिमा अभिभावकलाई जिम्मा लगाइनेछ।
काठमाडौँ । भारतमा दुई वर्ष अघि आफ्नो बच्चा हराएका एक नेपाली दम्पतीले अन्ततः बच्चा फेला पारेका छन् ।
भारतको उत्तर प्रदेश राज्यको गाजियाबादस्थित विजयनगर क्षेत्रमा एक एकल महिलाले पालेको अवस्थामा सो बच्चा फेला परेको हो । ती महिलाले उक्त बच्चालाई एक बाल आश्रमबाट करिब १० महिना अघि कानुनी प्रक्रिया अन्तर्गत नै पाल्न भनेर लगेकी थिइन् ।
दुई वर्ष अघि आमाबुबासँग बिछोडिएको उक्त बच्चा विजयनगर क्षेत्रमा फेला परेको बताइएको छ । प्रहरीले बच्चाको अभिभावक फेला पार्न नसकेपछि बाल आश्रममा पठाएको थियो । बाल आश्रमबाट प्रक्रिया पु¥याएर ती एकल महिलाले उक्त बच्चालाई आफ्नो घरमा लगेर पालेकी थिइन् ।
यसबिचमा उक्त बच्चाका जैविक अभिभावक भने बच्चाको खोजीमा भौंतारिनु परेको थियो । उनीहरू नेपाली नागरिक रहेको बताइए पनि परिचय र ठेगाना खुलाइएको छैन ।
भारतीय सञ्चारमाध्यमका अनुसार बच्चा हराए लगत्तैदेखि खोजी कार्यमा जुटेका उनीहरू केही समयपछि निराश भएर नेपाल फर्किएका थिए । उनीहरूले काठमाडौँस्थित भारतीय दूतावासमा समेत बच्चा हराएको जानकारी दिँदै खोजी कार्यमा सहयोगका लागि आग्रह गरेको बताइन्छ ।
ती नेपाली दम्पती केही अघि भारत पुगेर बच्चाको खोजी प्रक्रियामा पुनः सामेल भएका थिए । सोही क्रममा विजयनगर थाना पुगेर उनीहरूले आफ्नो बच्चा पहिचान गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त बच्चाले समेत आफ्ना अभिभावकलाई पहिचान गरेको छ । यद्यपि, उक्त बच्चाको उमेर खुलाइएको छैन ।
उक्त बच्चालाई आफ्नो जैविक अभिभावकको जिम्मा लगाउनका लागि आवश्यक प्रक्रिया पाँच महिना अघि सुरु भएको र अब अन्तिम चरणमा पुगेको समाचारमा उल्लेख छ । जसअनुसार डीएनए परीक्षणसमेत गर्नुपरेको जनाइएको छ । दुई देशबिचको घटना भएका कारण नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधिको उपस्थितिमा बच्चा सुम्पिने प्रक्रिया पूरा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण