शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिन्द्राको 'इलेक्ट्रिक ओरिजिन एसयुभि'हरू 'बिई-६' र 'एक्सइभी ९-ई' पोखरामा सार्वजनिक

शुक्रबार, ०६ चैत २०८२, १७ : ४९
शुक्रबार, ०६ चैत २०८२

पोखरा । नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले पोखरामा महिन्द्राको आधिकारिक वितरक बि.बि. इन्कर्पोरेटेड प्रा.लि.सँगको सहकार्यमा पोखरा तथा क्षेत्रीय बजारको लागि अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभिहरु - बिई-६ (BE 6) र एक्सइभी ९-ई (XEV 9e) सार्वजनिक गरेको छ ।

यी गाडीहरू महिन्द्राको अत्याधुनिक इङ्ग्लो ( INGLO ) प्लेटफर्ममा आधारित छन् भने संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर MAIA (माया) बाट सञ्चालित छन् । यी अत्याधुनिक इ- एसयुभिहरूको सार्वजनिकिकरणले विद्युतीय सवारीको क्षेत्रमा नेपालको क्षेत्रीय स्तरमा नयाँ यात्राको सुरुवात गरेको छ ।

यी गाडीहरू यसअघि पोखराको मणिपाल, सेलवे डिपार्टमेन्ट स्टोर, लेकसाइड तथा गण्डकी मेडिकल कलेजमा चैत ३ देखि ५ सम्म प्रदर्शन गरिएको थियो । लगत्तै चैत ६ गते पोखरा इभेन्ट सेन्टरमा विशेष क्षेत्रीय सार्वजनिकिकरण समारोहसहित यी गाडीहरू पोखरामा सार्वजनिक गरिएका हुन् ।

mahindra (1)

समारोहमा विशेष अतिथिका रूपमा प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री श्री बिन्दु कुमार थापा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका रिसर्च एन्ड बिजनेस डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राको नेपाल, भुटान र बङ्गलादेशको लागि कन्ट्रि हेड, चैतन्य कागलकार, अग्नि ग्रुपका एसयुभि प्रोडक्ट हेड रामेश्वर महर्जन, अग्नि ग्रुपका बिइभि प्रोडक्ट हेड सुरज राजवंशी, बि.बि. इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक शान्त राज बतास, बि.बि. इन्कर्पोरेटेडका निर्देशक सुलभ बतास, स्थानीय ग्राहकवर्ग तथा सञ्चार प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

महिन्द्रा BE 6 र XEV 9e लाई सन् २०२५ को अगस्टमा आयोजित नाइमा नेपाल मोबिलिटि एक्सपो (NAIMA Nepal Mobility Expo ) मार्फत पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरिएको थियो । निरन्तर अघि बढ्दै गइरहेको नेपाली बजारले पर्फमेन्स, इन्टिलिजेन्ट, डिजाइन र दिगोपनालाई एकै साथ समेटेका यी बर्न इलेक्ट्रिक भिहेकल्स (Born Electric Vehicles) लाई सकारात्मक रूपमा लिएको छ ।

यी नयाँ गाडीहरूले नेपाली ग्राहकमाझ पाएको सकारात्मक प्रतिक्रिया तथा बढ्दो मागलाई ध्यानमा राख्दै अग्नि ग्रुपले महिन्द्राको 'बर्न इलेक्ट्रिक' लाइन अपलाई नेपालका विभिन्न क्षेत्रहरूमा विस्तार गर्ने योजना बनाएको छ ।

अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले भने, “इलेक्ट्रिक मोबिलिटिमा रूपान्तरण हुनु नेपालका लागि दिगो विकास र ऊर्जा आत्मनिर्भरताको दिशामा अत्यन्त महत्वपूर्ण कदम हो । नेपालको क्षेत्रीय सहरहरूमा नयाँ गाडीहरू सार्वजनिक र उपलब्ध गरिनु भनेको उन्नत प्रविधि र मोबिलिटिले कसरी दीर्घकालीन आर्थिक र वातावरणीय लाभ सिर्जना गर्न सक्छन् भन्ने देखाउँछ | अग्नि ग्रुपको देशव्यापी रहेको विशाल नेटवर्क र नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धतासहित देशभरका ग्राहकसमक्ष BE 6 र XEV 9e लगायत विश्वस्तरीय विद्युतीय प्रविधि पस्कि पाउँदा हामी गौरवान्वित छौं ।”

महिन्द्राका ब्रान्ड प्रतिनिधिले भने, “BE 6 र XEV 9e महिन्द्राको Bom Electric भिजनको नयाँ अध्याय हुन्, जहाँ पर्फमेन्स, इन्टिलिजेन्स र डिजाइन एकसाथ आउँछन् । नेपाली बजार यस्तो बजार हो जुन निरन्तर परिवर्तन हुँदैछ र स्वच्छ उर्जा (क्लिन इनर्जि) का प्रविधिहरूलाई अपनाउँदैछ । यी विद्युतीय एसयुभिहरुले नेपाली ग्राहकहरूको आधुनिक जीवनशैली सुहाउँदो उत्कृष्ट अनुभव, शक्तिशाली पर्फमेन्स, इन्टेलिजेन्स र प्रविधि प्रदान गर्दछ ।"

mahindra (4)

BE 6 र XEV 9e दुवैले महिन्द्राको 'Heartcore' डिजाइन दर्शनलाई झल्काउँदछ जसले बोल्ड इनोभेसनलाई भावनात्मक सौन्दर्य (इमोसनल अपिल) सँग संयोजन गर्दछ । BE 6 मा एड्भेन्चर र पर्फमेन्सबाट प्रेरित एथलेटिक सिलुएट ( बनोट) रहेको छ भने XEV 9e मा परिस्कृत र लक्जरी एसयुभि कुप (coupe) डिजाइन रहेको छ । दुवै एसयुभिहरूको डिजाइन सम्बन्धित चालकसँग गहिरो भावनात्मक सम्बन्ध (deep, emotional connection) बनाउने मूल उद्देश्यबाट प्रेरित रहेका छन् ।

एक जीवनशैलीसँग जोडिएको ब्रान्ड निर्माण गर्दै, महिन्द्राले ग्राहक केन्द्रित रणनीति लिएको छ । महिन्द्राको ब्रान्ड रणनीति, यस्तो गाडीहरू बनाउनमा केन्द्रित छ जुन ग्राहकहरूले खोजेको अनुभव र आकांक्षासँग मेल खाओस्, ग्राहकहरूको आकांक्षालाई परिपूर्णता देओस् र उनीहरूको सम्भावनाहरूलाई असीमित ( unlimit) गरोस् । स्पोर्टि र पर्फमेन्स - केन्द्रित आकर्षणसहित BE 6, 'साहसी एक्स्प्लोरर तथा अचिभर व्यक्तित्वहरूका लागि बनाइएको हो । 

जो असम्भवलाई सम्भव बनाउन ('बाउन्डरी पुस' गर्न) निन्तर अघि सर्दछन् । अर्कोतर्फ, XEV 9e ले ग्राहकहरूलाई परिस्कृत शालिनता र लक्जरी प्रदान गर्दै आराम तथा अनुभवको नयाँ मापदण्ड तय गर्दछ । यी दुवै एसयुभिले दमदार परफर्मेन्स प्रदान गर्दछ । अधिकांस भेरियन्टहरूले ९९ किलोवाटको पावर दिन्छ जसले दैनिक छोटोदेखि लामो दुरीको यात्राहरूमा सहज र रेस्पोन्सिभ ड्राइभिङ अनुभव सुनिश्चित गर्दछ । XEV 9e को प्याक थ्रि भेरियन्टमा १९९ किलोवाटको पावर छ ।

जसले अझ थ्रिलिङ र उत्साहजनक ड्राइभिङ अनुभव प्रदान गर्दछ र इलेक्ट्रिक एसयुभिको क्याटेगरिमा पर्फमेन्सको अपेक्षा तथा मापदण्डलाई उच्च बनाउँदछ । एसयुभिको इन्टेरियर पनि विभिन्न आकर्षक सुविधाहरूले भरिपूर्ण रहेको छ जसले छुट्टै 'इन- क्याबिन' अनुभव प्रदान गर्दछ । XEV 9e मा ट्रिपल स्क्रिन सिनेमाटिक डिस्प्ले रहेको छ जुन ड्यासबोर्डको दायाँदेखि बायाँ कुनासम्म फैलिएको छ । BE 6 मा 'रेस-रेडि डिजिटल ककपिट' रहेको छ जसले चालकलाई हाइ- पर्फमेन्स गाडीको अनुभव दिन्छ ।

साथै, यी दुवै इ-एसयुभिहरु स्मार्ट प्रविधि र विशेषताहरूले भरिएको छ जसले अत्याधुनिक 'इन- क्याबिन अकोस्टिक एक्सपेरियन्स' प्रदान गर्दछ । जसअन्तर्गत 'एआर बेस्ड भिजन एक्स' हेड्स- अप डिस्प्ले, 'हार्मन कार्डनको सोनिक स्टुडियो', र विभिन्न 'प्रिसेट थिम' सहितको 'लिभ-योर- मुड' नामक सुविधा रहेका छन् । यी इ-एसयुभिहरूमा सुरक्षा र इन्टेलिजेन्स दुवैलाई उच्च प्राथमिकता दिइएको छ । जसअन्तर्गत XEV 9e मा एडास लेभल २ प्लस, र BE 6 मा एडास लेभल २ सुविधा, ३६० डिग्रि सर्भेलेन्स क्यामरा, 'आइ-डेन्टिटि' ड्राइभर मोनिटरिङ सिस्टम आदि रहेका छन् । यी सुविधाहरूले गर्दा ग्राहकहरूलाऐ एक नयाँस्तरको आराम र सुरक्षा सुनिश्चित हुन्छ ।

 mahindra (3)

उपलब्धता र प्राविधिक विवरण (Availability and Specification) BE 6 को मूल्य रु. ५७ लाख देखि सुरु हुन्छ र यो Pack ONE ABOVE, Pack TWO तथा Pack THREE SELECT गरी तीन फरक भेरियन्टहरूमा उपलब्ध छ । त्यसैगरी, XEV 9e को मूल्य रु. ६९ लाख देखि सुरु हुन्छ र यो पनि Pack TWO Pack THREE SELECT  तथा Pack THREE गरी तीन भेरियन्टहरूमा उपलब्ध छ । महिन्द्राले यी दुवै मोडेलका सबै भेरियन्टहरूका लागि बुकिङ खुला गरिसकेको छ ।

अग्नि इन्कर्पोरेटेड प्रा. लि. को बारेमा अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेड, नेपालका लागि महिन्द्रा अटोमोबाइल तथा ट्र्याक्टरहरूको आधिकारिक वितरक हो । थप जानकारीका लागि वेबसाइट www.agnigroup.com.np/agni- incorporated-private-limited मा भिजिट गर्नुहोस् ।

सन् १९४५ मा स्थापित महिन्द्रा ग्रुप, एक विश्वभर सम्मानित बहुराष्ट्रिय कम्पनीको समुह हो, जसमा १ सय भन्दा बढी देशहरूमा २ लाख ६० हजारभन्दा धेरै कर्मचारी कार्यरत छन् । महिन्द्रा ग्रुप भारतमा कृषि उपकरण, युटिलिटी गाडीहरू, सूचना प्रविधि र वित्तीय सेवाहरूमा अग्रस्थानमा छ, र विक्रीको हिसाबले विश्वकै सबैभन्दा ठूलो ट्र्याक्टर कम्पनी हो । महिन्द्राको उपस्थिति नवीकरणीय ऊर्जा, कृषि, लजिस्टिक्स, हस्पिटालिटि र रियल स्टेट क्षेत्रमा समेत बलियो छ ।

महिन्द्राले विश्वस्तरमा 'इ- एस-जि'मा अग्रणी बन्ने, ग्रामिण समृद्धि सक्षम गर्ने र शहरी जीवनस्तर सुधार गर्ने स्पष्ट दृष्टिकोण अपनाएको छ । समुदाय र सरोकारवालाहरूलाई माथि उठ्न ('Rise' हुन) सक्षम बनाउँदै हरेकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु महिन्द्राको लक्ष्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप