हर्षोल्लासका साथ मनाइयो इद
सारांश
- शनिबार देशभर हर्षोल्लासका साथ इद उल फित्र मनाइयो, जसमा सामूहिक नमाज पढियो र शुभकामना आदानप्रदान गरियो।
- इद पर्व रमजानको अन्त्यपछि मनाइन्छ, जहाँ मुस्लिम समुदायले विशेष नमाज पढ्छन् र मिठाइ खाने चलन छ।
- यस पर्वमा, नयाँ लुगा लगाउने, सेवइको खीर खाने र कुरान वाचन गर्ने जस्ता धार्मिक गतिविधिहरू गरिन्छन्।
काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको ठुलो पर्व इद उल फित्र (इद) शनिबार हर्षोल्लासका साथ देशभर मनाइएको छ । पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा) पछि इदगाहहरूमा बिहान इद उल फित्र इदको सामूहिक नवाज पढिएको हो ।
इदको अवसरमा काठमाडौँको घण्टाघरस्थित जामे मस्जिदमा प्रार्थना गर्ने र एक अर्कासँग शुभकामना साटासाट गरिएको थियो । उनीहरुले एक अर्कालाई अँगालो हालेर इद मुबारक भन्दै शुभकामना साटासाट गरेका छन् ।
इद पर्वमा अल्लाह (भगवान) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । चन्द्रमाको गतिका आधारमा तय गरिने इद पर्व रमदान सकिएपछि सुरु हुने शुक्ल पक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।
इदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्टान्न परिकार खाने–खुवाउने चलन छ ।
यस पर्वमा मस्जिदमा भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ । रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिनाभन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण