नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ: पूर्वपरराष्ट्रमन्त्री कोइराला
काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर राख्नुपर्नेमा जोड दिएकी छन् । शान्ति नायक गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेशन भक्तपुरले शनिबार आयोजना गरेको माल्यार्पण कार्यक्रममा उनले सन्तुलित परराष्ट्र नीति नेपालले अवलम्बन गर्नुपर्ने बताएका हुन् ।
“छिमेकी मुलुकसँग राम्रो सम्बन्ध राख्यो भने मुलुकमा अस्थिरता आउँदैन, मुलुक बचाउनका लागि अस्थिरता समाप्त पार्नुपर्छ, अरू मुलुकसँग पनि समान व्यवहार गर्नुपर्छ, कसैको पक्ष र कसैको विपक्षमा हामी लाग्नुहुँदैन,” उनले भने । नेपालले पञ्चशीलको सिद्धान्तलाई टेकेर अगाडि बढ्नुपर्ने नेत्री कोइरालाको भनाइ थियो ।
नेत्री कोइरालाले सहमति, सहकार्य र एकतामार्फत सबै दललाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको महत्त्वपूर्ण योगदान रहेको बताइन् । “आफ्नो पार्टीका सयौँ कार्यकर्ता माओवादीबाट मारिँदा र आफ्नो पार्टीले निर्वाचनमा हार्ने निश्चित हुँदा पनि देश जोगाउनका लागि तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुले खेलेको भूमिका अहम् रहेको थियो,” नेत्री कोइरालाले भनिन्, “गिरिजाबाबु नभएको भए माओवादी शान्ति प्रक्रियामा नआउने उनको जिकिर थियो ।”
उनले राष्ट्रप्रति जिम्मेवार पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसलाई एकतावद्ध बनाएर अगाडि बढाउनु जरुरी रहेको बताइन् । कांग्रेस अहिलेपनि मुलुकमा बलियो शक्ति भएकाले निर्वाचन हार्देमा आत्तिनुपर्ने अवस्था नभएको नेत्री कोइरालाले बताइन् ।
“कुनैपनि समस्याको समाधान कांग्रेसले गर्छ, विगतमा भएको गल्ती कमी कमजोरी महसुस गरेर अगाडि बढ्नुपर्छ,” उनले भने । उनले मुलुकको विकासका लागि अग्रज नेता बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले गरेको योगदानलाई सम्झनुपर्ने बताइन् ।
उनले भोलिको नेपाल भनेको युवाहरुको भएकाले पार्टीका हरेक निकायमा युवा प्रतिनिधित्व आवश्यक रहेको बताइन् । युवाहरूले इतिहासबाट पाठ सिकेर भविष्य निर्माणमा लाग्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, कांग्रेस नेता एवम् पूर्वसांसद सुनिल शर्मालगायतले नेपालको लोकतान्त्रिक आन्दोलनमा गिरिजाबाबुले खेलेको योगदानको चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण