बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध
बागलुङ । चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ । बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न थालिएको हो ।
गण्डकी प्रदेशले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध तथा नदी नियन्त्रण गर्न थालिएको हो । गत वर्ष २५ स्थानमा तटबन्ध गरिएको थियो । यस वर्ष बागलुङ नगरपालिकाको दुई, गलकोट नगरपालिकाको ६, बडिगाड गाउँपालिकाको तीन, ढोरपाटन नगरपालिकाको एक र बरेङ गाउँपालिकाको दुई स्थानमा तटबन्ध गर्न थालिएको हो ।
रु एक करोड ३० लाख लागतमा १४ स्थानमा तटबन्ध गरिने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी सुवोध नेपालले जानकारी दिए । उनका अनुसार बागलुङ–३ सिगाला र वडा नं १२ गङ्गेखाल्टामा तटबन्ध गरिने छ । सबैभन्दा बढी तटबन्ध गलकोटमा हुँदै छ । गलकोट–५ मा खहरेखोला, वडा नं ९ को दरमखोला, वडा नं ३ गौदीखोला र दरमखोला, वडा नं २ को नरेठाँटीखोला र वडा नं ११ को काउछेरिगमा तटबन्ध गर्न थालिएको छ ।
बडिगाड गाउँपालिका–५ र ६ मा बडिगाड खोला तथा खहरेखोला, ढोरपाटन–५ स्थित भुजीखोलामा तथा बरेङ गाउँपालिका–२ स्थित हुग्दिखोलाको दुई स्थानमा तटबन्ध गरिने सूचना अधिकारी नेपाल बताउँछन् ।
उनले भने, “प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट १४ स्थानमा बस्ती संरक्षण गर्ने गरी तटबन्धको काम सुरु भएको छ, अधिकांश योजनाको सम्झौता गरेर काम अगाडि बढेका छन्, केही योजना सम्झौताकै चरणमा रहेका छन् ।”
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बर्खामा साना तथा ठुला खोलामा पानीको सतह बढ्दा बस्ती नै जोखिममा परेको हुँदा पछिल्लो केही वर्षदेखि बस्ती संरक्षणको काम गर्दै आएको बताए । नगरपालिका र प्रदेश सरकारको लगानीमा दरमखोला तथा गौदीलोखाको विभिन्न क्षेत्रमा तटबन्धनको काम गर्दै आएको उनको भनाइ छ । प्रदेश सरकारको लगानीमा यस वर्ष गलकोटमा रु ५५ लाखको लागतमा ६ तटबन्ध गर्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण