एमाले नेतृ पद्मा अर्यालमाथि महावीर पुनको प्रहार-'स्वाँठ र मूर्ख नबन्नू'
सारांश
- नवनिर्वाचित सांसद महावीर पुनले नेकपा एमालेकी नेतृ पद्मा अर्यालको अभिव्यक्तिमाथि आक्रोश व्यक्त गरे।
- पुनले अर्याललाई युवा नेताहरूलाई तह लगाउने अभिव्यक्तिबारे पुरानो सोच त्याग्न सुझाव दिए।
- उनले जनताले पुरानो दललाई तह लगाइसकेको र समय परिवर्तन भइसकेको स्मरण गराए।
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले नेकपा एमालेकी नेतृ एवं समानुपातिक सांसद पद्मा अर्यालमाथि आक्रोश व्यक्त गरेका छन्। नयाँ राजनीतिक शक्ति र युवा नेताहरूलाई 'तह लगाउने' भन्ने अर्यालको अभिव्यक्तिप्रति लक्षित गर्दै पुनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।
पुनले अर्याललाई आफ्ना नेताले सिकाए जस्तो स्वाँठ र मूर्ख नबन्न सुझाव दिँदै अहिलेका युवाहरू पुराना नेताहरूभन्दा सयौँ गुणा जान्ने र चलाख भएको दाबी गरेका छन्।
पुनले लेखेका छन्, 'तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमी जस्ता पुराना सोच भएका गफाडी नेताहरूलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरूलाई राम्रोसँग थाहा छ।' उनले गत आम निर्वाचनमा जनताले पुराना दलहरूलाई तह लगाइसकेको स्मरण समेत गराएका छन्।
पुनले अर्यालको राजनीतिक हैसियतमाथि प्रश्न उठाउँदै उनलाई 'चाकरी गरेर समानुपातिक कोटामा आएकी' नेताको संज्ञा दिएका छन्। उनले भनेका छन्, 'चाकरी गरेर समानुपातिक कोटामा आएका तिमी जस्ता कथित पुराना सोचका नेताहरू त्यसरी साह्रै अहङ्कारी बन्नु हुँदैन।' उनले अहङ्कार त्यागेर विवेकपूर्ण तरिकाले सहकार्य गर्न समेत सुझाएका छन्।
विगत ३५ वर्षमा संसार धेरै अगाडि बढिसकेको उल्लेख गर्दै पुनले २०४६ सालदेखि अहिलेसम्म पृथ्वीले सूर्यको धेरै फन्को मारिसकेको र समय धेरै बदलिएको कुरा बुझ्न अर्याल र उनका समकालीन नेताहरूलाई आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण