‘धुरन्धर २’ को बक्स अफिसमा धमाका: ३ दिनमै ३०० करोडको आँकडा पार
सारांश
- फिल्म 'धुरन्धर २' ले रिलिजको तेस्रो दिन ११३ करोड भारु कमाइ गर्यो, जुन अहिलेसम्मकै उच्च हो।
- तीन दिनमै फिल्मले ३०० करोडको आँकडा पार गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ।
- विश्वव्यापी रूपमा फिल्मले ३७० करोड रुपैयाँ सङ्कलन गरी कलेक्सनको सूचीमा तेस्रो स्थान ओगटेको छ।
मुम्बई । फिल्म ‘धुरन्धर २’ रिलिज भएको तीन दिन भएको छ । फिल्मले बक्स अफिसमा हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । रिलिजको तेस्रो दिन अर्थात् शनिबार फिल्मले आफ्नो अहिलेसम्मकै उच्च कमाइ गर्न सफल भएको छ । फिल्मले तेस्रो दिन ११३ करोड (भारु) कमाउन सफल भएको हो ।
पहिलो दिन १०२.५५ करोडको सानदार ओपनिङ गरेको थियो । फिल्मको कुल भारतीय कलेक्सन ३३९.२७ करोड रुपैयाँ पुगेको छ। रिलिजको मात्र तीन दिनमा फिल्मले ३०० करोडको आँकडा पार गरेर ऐतिहासिक सफलता हात पारेको छ ।
हालसम्म फिल्मले विश्वव्यापी ३७० करोड रुपैयाँ सङ्कलन गरिसकेको छ। यो कमाइपछि फिल्म विश्वव्यापी कलेक्सनको सूचीमा तेस्रो स्थानमा आएको छ। यस फिल्मले प्रभासको फिल्म ‘राजा साहब’ को लाइफटाइम वल्र्डवाइड कलेक्सन (२०८.३८ करोड) लाई निकै पछाडि पारेको छ।
फिल्मको नेपालमा पनि राम्रो व्यवसाय भइरहेको छ । नेपालमा यसले अहिलेसम्म कति व्यवसाय गर्यो भनेर सार्वजनिक गरिएको छैन । नेपालमा यो फिल्म निओम फिल्मस् प्रालिका लागि नवीन उदास, कश्यप नरेन्द्र वेद लगायतले भित्र्याएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण