बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सुनको मूल्य तोलामै साढे १२ हजारले घट्यो

आइतबार, ०८ चैत २०८२, १० : ४८
आइतबार, ०८ चैत २०८२

सारांश

  • आइतबार सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घटेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ।
  • चाँदीको मूल्य तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ कायम भएको छ।

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा ठुलो गिरावट आएको छ । आइबार प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ  । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप