बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निफको उद्घाटनमा ‘शोले’का निर्देशक रेमश सिप्पी सहभागी हुने

आइतबार, ०८ चैत २०८२, १३ : ३६
आइतबार, ०८ चैत २०८२

सारांश

  • भारतीय निर्देशक रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सहभागी हुने भएका छन्।
  • सिप्पीले भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्ममेकर र दर्शकमाझ कुरा गर्नेछन्।
  • उनले 'शोले' जस्ता चर्चित फिल्मको निर्देशन गरेका छन् र निफमा उनको उपस्थिति नेपाली फिल्म क्षेत्रका लागि महत्त्वपूर्ण हुनेछ।

काठमाडौँ । भारतका चर्चित निर्देशक, निर्माता तथा कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । निफका अध्यक्ष केपी पाठकका अनुसार उनी उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने पक्का भएको हो ।

निफमा सहभागी हुने निर्देशक सिप्पीले भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्म मेकर र दर्शकमाझ सेयर गर्ने कार्यक्रम पनि राखिएको अध्यक्ष पाठकले जनाए । पाठकले भने, ‘नेपाली–भारतीय मकरहरूको सम्बन्ध विस्तार र दिग्गज व्यक्तित्वको अनुभवले भारतीय फिल्म मेकिङको अनुभवले नेपाली मेकरहरूलाई बलिउड बजारबारे पक्कै केही जानकारी मिल्ने भएकाले उहाँलाई निफमा ल्याउने प्रस्ताव गरेका थियौँ । उहाँले स्वीकार गर्नुभयो ।’

रमेश सिप्पीले दर्जनभन्दा बढी फिल्म निर्देशन गरेका छन् । बलिउडमा काशेढुंगाका रूपमा साबित भएको फिल्म ‘शोले’ उनकै निर्देशनमा बनेको हो ।

पछिल्लो समय उनले निर्देशन गरेको फिल्म ‘सिम्ला मिर्ची’ सन् २०२० मा प्रदर्शनमा आएको थियो । उनी दर्जनौँ फिल्मको निर्माता र केही फिल्ममा कलाकार बनेका समेत छन् । सिप्पीले आफ्नो निर्देशनमा बनेका फिल्महरूमा शाहरुख खान, अमिताभ बच्चन, सञ्जय दत्त, ज्याकी श्राफ, मिथुन चक्रवर्ती, ऋषि कपुर, दिलीप कपुर, शशी कपुर, धर्मेन्द्र र राजेश खन्नालगयातका बलिउड स्टारलाई अभिनय गराएका छन् ।

नवौँ संस्करणको निफ चैत १९ बाट काठमाडौँ हुँदैछ । आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तरक्रियात्मक कार्यक्रमहरू गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप