प्रधानमन्त्रीले रवि लामिछानेलाई भनिन्, ‘चुनौती धेरै छन्, सम्हालिएर अघि बढ्नु’
आइतबार, ०८ चैत २०८२, २१ : ०३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीसँग भेटवार्ता गरे।
- भेटमा प्रधानमन्त्रीले रास्वपासँग देशवासीको ठूलो अपेक्षा रहेको बताइन्।
- उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबिच भेटवार्ता भएको हो ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले रास्वपासँग देशवासीले ठुलो अपेक्षा गरेको भन्दै चुनौती धेरै भएपनि सम्हालिएर अघि बढ्नुपर्ने बताइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ। विरोध र आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन सक्नुपर्दो रहेछ ।’
भेटमा उनीहरूबिच समसामयिक राजनीतिक विषयमा छलफल पनि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण