चैत १७ देखि सहकारीको दर्ता अभिलेखीकरण बन्द हुने
सारांश
- राष्ट्रिय सहकारी नियमन प्राधिकरणले चैत १७ गतेदेखि सहकारीको अभिलेखीकरण बन्द गर्ने भएको छ।
- बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण प्रक्रिया २०८२ मङ्सिर १० गते सुरु भएको थियो।
- तोकिएको समयभित्र विवरण प्रविष्ट गर्न नसकेका सहकारीहरूले २०८३ वैशाख १७ गतेसम्म समय पाउनेछन्।
काठमाडौँ । चैत १७ देखि सहकारीको अभिलेखीकरण बन्द हुने भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सूचना जारी गर्दै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण प्रक्रिया बन्द जनाएको हो ।
प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२’ बमोजिम २०८२ मङ्सिर १० गतेदेखि सुरु भएको दर्ता अभिलेखीकरणको प्रक्रिया चैत १७ गतेसम्म मात्र रहने जनाएको छ ।
प्राधिकरणले सम्बन्धित सहकारी संस्थाहरूले तोकिएको समयावधिभित्रै निर्धारित दस्तुर बुझाएको बैंक भौचर र आवश्यक विवरणहरू अनलाइन प्रणालीमा प्रविष्ट गरिसक्नुपर्नेछ ।
यद्यपि, तोकिएको समय भित्र दस्तुर बुझाइसकेर पनि प्राविधिक वा अन्य कुनै कारणले पूर्ण विवरण प्रविष्ट गर्न बाँकी रहेका सहकारीहरूको हकमा भने प्राधिकरणले केही समय खुकुलो बनाएको छ । त्यस्ता संस्थाहरूले आगामी २०८३ वैशाख १७ गतेसम्म पूर्ण विवरण प्रविष्ट गरिसक्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण