बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘धुरन्धर २’ ले चार दिनमै कमायो ६९१ करोड, कयौँ रेकर्ड ध्वस्त

सोमबार, ०९ चैत २०८२, ११ : ४४
सोमबार, ०९ चैत २०८२

सारांश

  • रणवीर सिंहको चलचित्र 'धुरन्धर: द रिभेन्ज' ले बक्स अफिसमा आँधी ल्यायो, जसले विश्वभरका रेकर्ड तोड्यो।
  • चलचित्रले पहिलो सातामै विश्वभर ६९१.३२ करोड भारु कमाएको छ, जसमा भारतमा ४११.१२ करोडको कमाई रहेको छ।
  • 'धुरन्धर २' ले रणवीर कपुरको 'एनिमल' र शाहरुख खानको 'जवान' को ओपनिङ रेकर्डलाई समेत उछिन्यो।

मुम्बई । बलिउड सुपरस्टार रणवीर सिंहको पछिल्लो चलचित्र ‘धुरन्धर: द रिभेन्ज’ ले बक्स अफिसमा आँधी ल्याएको छ। सन् २०२५ को ब्लकबस्टर चलचित्र 'धुरन्धर' को सिक्वेलका रूपमा आएको यस चलचित्रले प्रदर्शनको पहिलो सातामै विश्वभरका कयौँ ठूला रेकर्डहरूलाई धुलो चटाएको हो।

बक्स अफिस तथ्याङ्क संकलन गर्ने संस्था स्याकनिल्कका अनुसार चलचित्रले पहिलो आइतबार मात्रै भारतमा ११४.८५ करोड भारु संकलन गरेको छ। योसँगै भारतमा मात्रै चलचित्रको कुल कमाई ४११.१२ करोड पुगेको छ भने विश्वव्यापी रूपमा चलचित्रले ६९१.३२ करोड भारुको आँकडा पार गरिसकेको छ। आइतबारको कमाइमा हिन्दी संस्करणको मात्रै योगदान १०७ करोड रहेको छ भने बाँकी रकम तमिल, तेलुगु, कन्नड र मलयालम संस्करणबाट प्राप्त भएको हो।

मार्च १९ मा १०२.५५ करोडको विशाल ओपनिङ गर्दै सुरु भएको यस चलचित्रको यात्रा रोकिएको छैन। दोस्रो दिन मार्च २० मा ८०.७२ करोड र तेस्रो दिन मार्च २१ मा ११३ करोड कमाउँदै यसले बक्स अफिसमा लगातार आफ्नो दबदबा कायम राखेको छ। विशेषगरी विस्तारित सप्ताहान्तको फाइदा उठाउँदै चलचित्रले ब्याक-टु-ब्याक सेन्चुरी प्रहार गरेपछि व्यापार विश्लेषकहरू समेत अचम्मित परेका छन्।

धुरन्धर २ ले यसअघिका ठूला ब्लकबस्टर मानिने रणवीर कपुरको एनिमल र शाहरुख खानको जवानको ओपनिङ रेकर्डलाई पनि निकै पछाडि छाडिदिएको छ। सन् २०२३ मा एनिमलले ६३ करोड र जवानले ६५ करोडको ओपनिङ गरेका थिए भने रणवीर सिंहको यस चलचित्रले पहिलो दिनमै १०२ करोडभन्दा माथिको व्यापार गरेर नयाँ इतिहास रचेको छ। 

भारतभर २१ हजारभन्दा बढी शोहरू पाएको यो चलचित्रले अहिले भारतीय सिनेमाको व्यापारिक मापदण्ड नै बदलिदिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप