‘आबाट आमा’ को कमाइ १३ करोड नाघ्यो
सारांश
- फिल्म 'आबाट आमा' ले १३ करोडभन्दा बढी कमाइ गरेको छ, चलचित्र विकास बोर्डले जनाएको छ।
- फिल्मले ५१औं दिन मनाउँदै, देशभर ५ लाखभन्दा बढी टिकट बिक्री गरेको छ।
- चन्द्र पन्तको निर्देशन रहेको यस फिल्ममा आमा, बुबा र छोराको सम्बन्धको कथा देखाइएको छ।
काठमाडौँ । फिल्म ‘आबाट आमा’ को कमाइ १३ करोड नाघेको छ । फिल्मले शनिबार (७ गते) सम्म देशव्यापी १३ करोड १० लाख ९२ हजार ७७५ रुपैयाँ ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ ।
यो अवधिसम्म फिल्मको टिकट ५ लाख ३ हजार ११४ वटा टिकट बिक्री गरेको छ । फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्मले आमा बुबा र छोराबिचको सम्बन्धको कथा उठाएको छ ।
फिल्मले आइतबार प्रदर्शनको ५१औँ दिन पार गरेको छ । निर्माण युनिटले फिल्मले २० वटा हलमा ५१औँ दिन मनाउन सफल भएको भन्दै आइतबार नै राजधानीमा एक कार्यक्रम गर्दै कलाकार र सहयोगीलाई प्रशंसापत्र वितरण गरेको थियो ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा छ । फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत (गजनी भिलेन) का अलवा साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित विष्ट, बेगम नेपाली, रचना गौतम लगायतको अभिनय छ ।
फिल्मलाई कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुङ्गाना निर्माताको रूपमा छन् । यस फिल्मका कार्यकारी निर्माता करणसिंह रसाइली हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण