निलम्बित सांसद सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
सारांश
- मधेस प्रदेशका पूर्व राज्यमन्त्री सरोज कुमार सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गरेको छ।
- सिंहले उपभोक्ता समितिको रकम हिनामिना गरेको आरोप लागेको छ र अन्य प्रतिवादीहरू पनि मुद्दामा छन्।
काठमाडौँ । मधेस प्रदेशका पूर्व राज्यमन्त्री तथा निलम्बित सांसद सरोज कुमार सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ । सोमबार सरकारी वकीलको तर्फबाट मुद्दाको सुनुवाइ स्थगित गराइएको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र विदुर कोइरालको इजलासमा उक्त मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गरेको छ । उपभोक्ता समितिका खातामा जम्मा भएको रकम आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गरी हिनामिना गरेको अभियोग आयोगले लगाएको छ ।
मुद्दा दायर भएका अन्य प्रतिवादीमा रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी भन्ने स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगिन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण