मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६ हुने, ४५ देशका शेफ सहभागी हुने

सोमबार, ०९ चैत २०८२, १९ : ४४
सोमबार, ०९ चैत २०८२

सारांश

  • नेपाल सेफ सोसाइटीले 'सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन २०२६' आयोजना गर्ने भएको छ।
  • प्रतियोगिता कोशी प्रदेशको दमकस्थित पाथिभरा कलेजमा मे १५-१६ (जेठ १-२) गतेसम्म हुनेछ।
  • यस प्रतियोगिताले नेपाली परिकारको संरक्षण, ग्यास्ट्रोनोमीको जगेर्ना र पर्यटनको विकासमा योगदान पुर्याउनेछ।

झापा । नेपाल सेफ सोसाइटी तथा अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीको आयोजनामा ‘सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन २०२६’ आयोजना हुने भएको छ।

आयोजकका अनुसार प्रतियोगिता कोशी प्रदेशको दमकस्थित पाथिभरा कुलिनरी आर्ट कलेजमा आउँदो मे १५–१६ (जेठ १–२) गते दुई दिनसम्म सञ्चालन हुनेछ।

कार्यक्रमअन्तर्गत खुला कुलिनरी प्रतिस्पर्धा, विभिन्न फुड कम्पिटिसन तथा फुड फेस्टिभल आयोजना गरिनेछ। प्रतियोगिताको मुख्य उद्देश्य कोशी प्रदेशसहित देशभरका रैथाने तथा लोपोन्मुख नेपाली परिकारहरूको संरक्षण र प्रवद्र्धन गर्नुका साथै नेपाली कला, संस्कृति र ग्यास्ट्रोनोमीको जगेर्ना गर्नु रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा देश तथा विदेशमा कार्यरत नेपाली शेफ, पाककला विद्यार्थी, होटल तथा रेस्टुरेन्ट व्यवसायी तथा पाककलामा रुचि राख्ने व्यक्तिहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीमार्फत ४५ देशबाट शेफहरूको सहभागिता हुनेछ।

कार्यक्रमस्थलमा ५० भन्दा बढी फुड स्टल रहनेछन्, जहाँ विभिन्न रैथाने तथा परम्परागत नेपाली परिकारहरू प्रस्तुत गरिनेछन्।

यस कार्यक्रमले नेपाली खानाको प्रवद्र्धन, पाककला पर्यटनको विकास तथा नेपाली ग्यास्ट्रोनोमीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

सोसाइटीका अध्यक्ष अरुण अधिकारीले देशभरका इच्छुक सहभागीलाई प्रतियोगितामा भाग लिन आह्वान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप