इरानसँग वार्ता सफल नभए पुनः बमबारी गर्ने ट्रम्पको चेतावनी
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको वार्ता असफल भए बमबारी सुरु गर्ने चेतावनी दिएका छन्।
- ट्रम्पले इरान आणविक हतियार त्याग्न तयार रहेको दाबी गर्दै वार्ता निष्कर्षमा नपुगे सैन्य कारबाही हुने बताए।
- इरानसँग सहमति जुटेको र वार्ताका लागि ५ दिनको समय दिइएको ट्रम्पले बताएका छन्।
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ता सफल नभए पुनः बमबारी सुरु गर्ने चेतावनी दिएका छन्। वेस्ट पाम बिचमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानको ठूलो विद्युत् उत्पादन केन्द्र ध्वस्त पार्ने सैन्य योजना हाललाई ५ दिनका लागि स्थगित गरिएको जानकारी दिए।
उनले इरानसँग धेरै बुँदामा सहमति जुटेको र उनीहरू आणविक हतियार त्याग्न तयार रहेको दाबी गरे पनि वार्ता निष्कर्षमा नपुगे सैन्य कारबाही नरोकिने स्पष्ट पारेका हुन्।
ट्रम्पले भने, ’हामीले ५ दिनको समय दिएका छौँ, यदि सबै कुरा राम्रोसँग अघि बढ्यो भने यो विवाद सधैँका लागि सुल्झिनेछ, अन्यथा हामी फेरि बम बर्साउन सुरु गर्नेछौँ।’
इरानको तर्फबाट वार्ताको प्रस्ताव आएपछि अमेरिकाले आक्रमण रोकेर संवादलाई प्राथमिकता दिएको ट्रम्पको भनाइ छ। यो वार्तामा उनका सल्लाहकार स्टिभ विट्कोफ र ज्वाइँ जेरेड कुश्नर प्रत्यक्ष संलग्न रहेको समाचारमा उल्लेख छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण