मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हतुवागढीले आधुनिक प्रशासनिक भवनबाट सेवा उपलब्ध गराउने

सोमबार, ०९ चैत २०८२, २१ : ०४
सोमबार, ०९ चैत २०८२

भोजपुर । दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ । साेमबार एक औपचारिक कार्यक्रमका ३४ कोठे आधुनिक भवन उद्घाटन गरिएको हो।

लिफ्टसहितको चारतले उक्त भवन भ्याटसहित रु सात करोड ८७ लाख ६४ हजार ७६२ को लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनीसँग भएको सम्झौताबमोजिम विसं २०८० साल मङ्सिरबाट सुरु गरिएको भवन दुई वर्षको अवधिमै सम्पन्न गरिएको हो।

लिफ्टसहितको पूर्वाधार निर्माण गरिएकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सेवाग्राहीलाई सहज पहुँच हुने अपेक्षा गरिएको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीय नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित भवन निर्माण गरिएको बताए।

“यसअघि आफ्नै भवन नहुँदा पुरानो स्वास्थ्यचौकीको भवन तथा भाडाका संरचनाबाट सेवा सञ्चालन गर्नुपर्ने बाध्यता थियो”, उनले भने, “अब आफ्नै व्यवस्थित भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राहीलाई धेरै सहज हुनेछ । आजबाट एउटै भवनबाट नागरिकले सेवा लिने अवस्था बनेको छ ।”

उक्त भवन केन्द्रीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप