नम्बर प्लेट बदलेर चोरीको मोटरसाइकल कुदाउने युवक पक्राउ
सारांश
- काठमाडौँको बाइपास क्षेत्रबाट चोरीको मोटरसाइकलसहित नुवाकोटका निखिल बलामी पक्राउ परेका छन्।
- बलामीले मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो।
- मोटरसाइकल ललितपुरको गोदावरीबाट हराएको थियो, र थप अनुसन्धानका लागि चापागाउँ पठाइएको छ।
काठमाडौँ । काठमाडौँको बाइपास क्षेत्रबाट चोरीको मोटरसाइकलसहित नुवाकोटका २० वर्षीय निखिल बलामी पक्राउ परेका छन्। नुवाकोट ककनी गाउँपालिका–१ घर भई हाल काठमाडौँको लोलाङ बस्ने बलामीलाई ट्राफिक प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो।
उनले बागमती प्रदेश ०२–०२८ प ८४०८ नम्बरको वास्तविक मोटरसाइकलको नम्बर बदलेर बागमती प्रदेश ०२–०३९ प ९४५४ राखी चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो। उक्त मोटरसाइकल ललितपुरको गोदावरी नगरपालिका–१० बोहोराटारका जयराम केसीको घरबाटै हराएको थियो।
केसीले आफ्नो मोटरसाइकल हराएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार मोटरसाइकलसहित समातिएका बलामीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त चापागाउँ पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा खानाको मेन्यू : च्याउ, पापड, आलुदेखि खसीको मासुसम्म (तस्बिरहरू)
-
पसिना आउनु बोसो पग्लिएको संकेत हो ?
-
सौराहा भ्रमणमा प्रधानमन्त्री बालेन शाह
-
भिरमा अल्झिएको भेडागोठालाको जीवन
-
रास्वपाको केन्द्रीय सदस्यमा केसीले उम्मेदवारी दिने
-
रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण