डोटीमा जिप दुर्घटना, दुई जनाको मृत्यु
मङ्गलबार, १० चैत २०८२, ०७ : ४९
सारांश
- डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा जिप चालक सुबोध रोकाया र कैलाश बिकको मृत्यु भएको हो।
- दुर्घटना गएराति करिब साढे १२ बजेतिर भएको थियो, जिप ९०० मिटर तल खसेको थियो।
कैलाली । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–६ रौसेल्लामा ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीबाट दुर्घटना भएको हो।
सो दुर्घटनामा मृत्यु हुनेमा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब जिप चालक २२ बर्षिय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिक रहेका छन्।
प्रहरीका अनुसार दुर्घटना गएराति करिब साँढे १२ बजे भएको हो । गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
जिप सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण