बढ्न थाल्यो देशभरको तापक्रम, कहाँको कति ?
सारांश
- मौसम विभागले देशभर तापक्रम बढ्ने पूर्वानुमान गरेको छ।
- काठमाडौंमा दिउँसोको अधिकतम तापक्रम २०-२२ डिग्री सेल्सियस रहने अनुमान छ।
- भैरहवा ३१-३३ डिग्री सेल्सियसका साथ आज सबैभन्दा गर्मी सहर हुनेछ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम बढ्दो क्रममा रहेको बताएको छ । देशका विभिन्न प्रमुख सहरहरूको तापक्रम पूर्वानुमान विवरण गर्दै महाशाखाले तापक्रम बढ्ने उल्लेख गरेको हो ।
विभागको तथ्याङ्क अनुसार संघीय राजधानी काठमाडौँमा आज दिउँसोको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस र रातीको न्यूनतम तापक्रम १० देखि १२ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।
आज भैरहवा देशकै सबैभन्दा गर्मी सहर हुने देखिएको छ, जहाँ अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्न सक्छ । यस्तै नेपालगञ्ज र सिमरामा पनि अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस रहने पूर्वानुमान छ ।
जोमसोममा आज सबैभन्दा बढी चिसो हुनेछ, जहाँ रातीको तापक्रम शून्यदेखि २ डिग्री सेल्सियससम्म झर्ने अनुमान छ । यस्तै जिरीमा ३–५ डिग्री र जुम्लामा ४–६ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण