राजनीति
हतार र हतास मनिस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा
मङ्गलबार, १० चैत २०८२, १४ : १९
सारांश
- गगन थापाले हतारमा वा हतास मनस्थितिमा राजीनामा नदिएको बताए।
- उनले विशेष महाधिवेशनपछि निर्वाचनको परिणामबारे टिप्पणी आफ्नो सरोकारको विषय नभएको बताए।
- थापाले आफू कुनै दबाबमा नभई जिम्मेवारी र जवाफदेहीताको आधारमा राजीनामा दिएको उल्लेख गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले हतारमा र हतास मनस्थितिमा आएर राजीनामा नदिएको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा जारी कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले विषेश महाधिवेशनपछि पार्टी आफ्नो नेतृत्वमा निर्वाचनमा गएको उल्लेख गर्दै त्यसको परिणामलाई लिएर भइरहेका टिप्पणीहरु आफ्नो सरोकारको विषय नभएको पनि स्पष्ट पारे ।
उनले आफूले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि तत्कालै राजीनामा दिने मनस्थितिमा भएपनि निर्वाचन प्रक्रियाको कारण लम्बिएको बताए । उनले आफू कुनैपनि दबाबमा आएर नभई जिम्मेवारी र जवाफदेहीताको आधारमा राजीनामा दिएको बताए ।
उनले कांग्रेसले निर्वाचनमार्फत प्रमुख प्रतिपक्षको भुमिकामा पुर्याएको भन्दै यो जिम्मेवारीलाई महत्वपूर्ण ढंगले पूरा गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण