बागलुङमा सुरु भयो ऐतिहासिक चैत्राष्टमी मेला
बागलुङ । बागलुङको ऐतिहासिक चैत्राष्टमी मेला मंगलबारदेखि सुरु भएको छ । मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले उद्घाटन गर्नु भएको हो । आजदेखि सुरु भएको मेला आगामी १४ गतेसम्म सञ्चालन हुनेछ ।
मेलाको उद्घाटन गर्दै अध्यक्ष पोखरेलले चैते दसैँ मेलाले बागलुङको पहिचानलाई थप उँचो बनाएको बताए । पछिल्लो समय कालिका मन्दिरको चर्चा विश्वभर भइरहेको भन्दै यसको व्यवस्थापन पनि व्यवस्थित भएको उनको भनाइ छ ।
नवरात्रको पहिलो दिनदेखि नै मेलाको तयारी थालिएको थियो । मेलाको पहिलो दिन राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको आयोजक कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक भूपेन्द्र खड्काले जानकारी दिए ।
चैत्राष्टमीको समयमा कालिका मन्दिरमा स्वदेश तथा विदेशबाट लाखौँको सङ्ख्यामा भक्तजनहरू आउने पूजा, पाठ, पन्चबली, भाकल पूजा गर्ने गर्दछन् । चैत्राष्टमीमा स्थानीय उत्पादनका सामाग्रीहरूको ठुलो सङ्ख्यामा प्रवर्द्धन र किनबेच हुने पर्वको रूपमा समेत लिइन्छ । चैत्र शुक्ल अष्टमीका दिन अर्थात चैते दसैँमा बागलुङ कालिका भगवती मन्दिरमा विशेष पूजा अर्चना हुन्छ ।
यो समयमा मन्दिर क्षेत्रमा चैते दशैंंको मेला लाग्छ । चैत्राष्टमी मेला गण्डकी प्रदेशकै ठुलो र महत्त्वपूर्ण मानिन्छ । यसको धार्मिक महत्त्व त छदैछ, यसले आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक महत्त्व पनि राख्दछ ।
मेलामा दुई लाख पुरस्कार राशिको राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, ३ लाख पुरस्कार राशिको कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, १ लाख पुरस्कार राशि सहित कालिका कप खुल्ला महिला भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा र रमाइलो मेला, बाल उद्यान लगायतका कार्यक्रम आयोजना गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।
कालिका भगवती मन्दिरको ऐतिहासिक धार्मिक एवम् सांस्कृतिक गरिमालाई अभिवृद्धि गर्ने उद्देश्यले आयोजित मेलाको लाखौँ दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण