भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन
सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी नगरपालिका–४ पासागाडको जिरो बिन्दुबाट सुरु भएको भेरी करिडोर सडक आयोजनाको डोल्पाको सदरमुकाम दुनैसम्म पुगेर अनुगमन गरेका हुन् ।
मन्त्री चौलागाईंबाट अलपत्र परेका पाँच पुलको अनुगमन गरिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको ५६ किलोमिटर कालोपत्र भइरहेको छ । रुकुम पश्चिमको आठबीसकोट–५ देखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ सम्म लगाएको नयाँ ठेक्काको प्रगतिबारे उनले जानकारी लिएका थिए।
मन्त्री चौलागाईंले सडक निर्माणमा आएका अवरोधका विषयमा त्रिपुरासुन्दरी नगरपालिकामा सरोकारवाला निकायसँग र जिल्ला प्रशासन कार्यालय डोल्पामा छलफल भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिए। सो क्रममा उपल्लो डोल्पाको करिडोरअन्तर्गतपर्ने ल्यासिक्याप–सिसौल सडक नेपाली सेनालाई दिइएको निर्णयका विषयमा छलफल भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण