कोरियाली राजदूतद्वारा बिनोद कर्पका उद्योगहरूको अवलोकन, निर्यात र प्रविधिमा सहकार्य गर्ने प्रतिबद्धता
सारांश
- दक्षिण कोरियाका राजदूत पार्क ताए-योङले बिनोद कर्प अन्तर्गतका उद्योग र गोदामको अवलोकन गरे।
- राजदूतले कोरियाली प्रविधि र गुणस्तरको प्रयोग गरी उत्पादन र निर्यात बढाउन सहकार्य गर्ने प्रतिबद्धता जनाए।
- कम्पनीले कोरियाली प्रविधिमा आधारित उद्योग विकास र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य राखेको छ।
काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए–योङले 'बिनोद कर्प' अन्तर्गत सञ्चालनमा रहेका विभिन्न उद्योग तथा गोदाम (वेयर हाउस) स्थलको अवलोकन गरेका छन् ।
मंगलबारको अवलोकनका क्रममा राजदूत पार्कले नेपालमा कोरियाली प्रविधि र गुणस्तर भित्र्याएर उत्पादन तथा निर्यात विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा बिनोद कर्पका प्रबन्ध निर्देशक तथा एनआरएनएका सहकोषाध्यक्ष गंगा खतिवडाले एनके कस्मेटिक्स (ओरा कोरिया) को उत्पादन प्रक्रिया र कम्पनीको भविष्यको निर्यात योजनाबारे राजदूतलाई विस्तृत जानकारी गराएकी थिइन् । कम्पनीले कोरियाली प्रविधि र गुणस्तरलाई नेपाली माटोमा प्रयोग गर्दै उत्पादित सामग्रीहरू दक्षिण एसियाली बजारसम्म पुर्याउने लक्ष्य राखेको छ ।

अवलोकनका क्रममा राजदूत पार्कले नेपालमा कोरियाली प्रविधिमा आधारित उद्योग विकासको प्रचुर सम्भावना रहेको बताए । उनले विशेषगरी दक्षिण कोरियामा सीप सिकेर नेपाल फर्किएका जनशक्तिलाई उत्पादनमूलक क्षेत्रमा संलग्न गराई व्यवसाय प्रवर्द्धन गर्न सुझाव दिए । यस्ता उद्योगहरूलाई सफल बनाउन कोरियाली राजदूतावासबाट आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन समेत उनले दिए ।
कार्यक्रममा कम्पनीद्वारा आयात तथा वितरण गरिँदै आएका प्रतिष्ठित कोरियन ब्रान्डहरू नोङसिम, लोटेका साथै नेपालमै उत्पादन भइरहेको 'सान सोँजु' लगायतका उत्पादनहरू प्रदर्शन गरिएको थियो ।
बिनोद कर्पका अध्यक्ष बिनोद कुँवरका अनुसार कम्पनीले आफ्ना उद्योगहरूलाई पूर्णतः कोरियाली प्रविधिमा आधारित बनाएर नेपालमा रोजगारी सिर्जना गर्ने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने स्पष्ट रणनीति लिएको छ ।
राजदूतको भ्रमण र चासोले नेपाली उद्योग क्षेत्रमा कोरियाली लगानी र प्रविधि हस्तान्तरणका लागि नयाँ बाटो खुल्ने विश्वास कम्पनीले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण